Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

आँखा नपाए नयाँ शक्तिले निर्वाचन बहिष्कार गर्ने

\"\"काठमाडौं, १५ चैत । नयाँ शक्ति पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा आँखा चुनाव चिन्ह नपाए निर्वाचन बहिष्कार गर्ने भएको छ । मंगलबारदेखि राजधानीमा शुरु भएको पार्टीको संघीय परिषद्को दोस्रो पूर्ण वैठकमा सम्बोधन गर्दै पार्टी संयोजक डा.बाबुराम भट्टराईले यसअघि दललाई दिएको चुनाव चिन्ह नपाए निर्वाचन बहिष्कार र्ने बताए । आफूलाई निर्वाचन चिन्ह आँखा दिएको उल्लेख गर्दै दलको हैसियत नदिए पनि चुनाव चिन्ह आफूहरुलाई दिएकै हुनुपर्ने भट्टराईको भनाइ थियो । ‘सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग लिंदैनौं’, भट्टराईले भने, ‘हामीलाई हाम्रै चुनाव चिन्ह आँखा दिनुपर्छ, आँखा चुनाव चिन्हबिना हामी चुनावमा भाग लिँदैनौं ।’ ‘हामी चुनावको विकल्प छैन भनिरहेका छौं तर, चुनावमा जानको लागि दलीय चुनाव चिन्हबाट बञ्चित गर्ने व्यवस्था भएको छ’, उनले भने । संयोजक डा. भट्टराईले भर्खरै जारी भएको स्थानीय तह निर्वाचन ऐनमा सुनियोजित र बदनिययतपूर्ण ढंगले अहिले संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था गरिएको भन्दै आक्रोश ब्यक्त गरे । निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले बेइमानी गरेको उनको आरोप थियो । दोस्रो संविधानसभाबाट रुपान्तरित संसदमा प्रतिनिधित्व नगर्ने दलहरुलाई दलको मान्यता नदिएर निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको रुपमा मात्रै चुनाव चिन्ह वितरण गर्ने भएको छ । आयोगले संसद बाहिरका दललाई दलको मान्यता नदिएर स्वतन्त्र हैसियतमा जुनसुकै चुनाव चिन्ह दिन सक्ने भएपछि नयाँ शक्तिले विरोध जनाएको हो । नयाँ शक्ति पार्टीले चुनावमा संघर्ष र सहभागिताको दोहोरो कार्यनीति अख्तियार गर्ने भट्टरार्ईले स्पष्ट गरे । आदिवासी जनजाति, मधेशी÷थारु लगायतका उत्पीडित समुदायहरुको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गरी घोषित निर्वाचन सम्पन्न गर्नका लागि नयाँ शक्तिले चुनावलाई संघर्ष र सहभागिताको मोर्चाको रुपमा लिने उनले बताए । संयोजक भट्टराईले घोषित निर्वाचन सम्पन्न गरी देशलाई निकास दिनका लागि पार्टीले अगाडि सारेको ६ सूत्रीय पूर्वशर्तहरु सम्बोधन हुनुपर्ने आवश्यकता औंल्याए । निर्वाचनका लागि प्रदेशहरुको सीमांकन टुंग्याउनुपर्ने, विशेष क्षेत्र, संरक्षित क्षेत्र लगायतका संविधानमा उल्लेखित क्षेत्रहरुको पनि टुंगो लाग्नुपर्ने, सर्वदलीय सरकार गठन गर्नुपर्ने, चुनावलाई कम खर्चिलो र मितव्ययी बनाउनुपर्ने, तीनवटै निर्वाचनहरु एकैचोटी गर्नुपर्ने, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने लगायतका पूर्वशर्तहरु कायमै रहेको उनले बताए । संयोजक भट्टराईले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटको १० आधारहरु पेश गर्दै जनताका मुख्य मुद्दाहरुबारे जानकार तथा विकास निर्माणका सवालहरुमा निर्णायक भूमिका निर्वाह गर्नसक्ने व्यक्ति उम्मेदवार हुने बताउँदै प्रभावकारी सामाजिक छवी भएको स्वतन्त्र सामाजिक व्यक्तिलाई समेत उम्मेदवार बनाउने उल्लेख गरे । बैठकमा पार्टीका सहसंयोजक रामचन्द्र झा, संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, अनुशासन आयोगका प्रमुख आयुक्त परशुराम खापुङ लगायतले धारणा राखेका छन् । बैठकमा पार्टी संयोजक भट्टराईले पेश गरेको ‘समसामयिक सन्दर्भ र आगामी कार्यभार“ शीर्षकको राजनीतिक प्रस्तावमाथि समूहगत छलफल भइरहेको छ । संघीय राष्ट्रिय परिषद् वैठकले समसामयिक परिस्थितिको विश्लेषण गरी पार्टीको रणनीतिक कार्ययोजना निर्माण गर्ने संयोजक भट्टराईले बताए । बैठकमा देशभरबाट करीव एक हजार जना केन्द्रीय परिषद् सदस्यहरुको उपस्थिति रहेको सो पार्टीले जनाएको छ । बैठक बुधबार सकिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending