Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

स्थानीय निर्वाचनमा भाग लिने वैद्य माओवादीको औपचारिक निर्णय

\"\"काठमाडौं, १५ चैत । मोहन वैद्य किरण नेतृत्वका नेकपा क्रान्तिकारी माओवादीले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । सोमवारदेखि काठमाडौंमा बसेको क्रान्तिकारी माओवादी केन्द्रीय समितिको पूर्ण बैठकले स्थानीय तहको निर्वाचनलाई रणनीतिक रुपमा उपयोग गर्ने निर्णय गरी मंगलबार सम्पन्न भएको छ । अब क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चाबाट निर्वाचनमा भाग लिनेछ । मोर्चाको नेतृत्व बरिष्ठ नेता सीपी गजुरेलले गरेका छन् । दुई दिनका लागि बोलाइएको बैठकको पहिलो दिन सोमबार पार्टी अध्यक्ष वैद्यले पाँच पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका थिए । तात्कालिक राजनीतिक परिस्थिति, पार्टी कामको सामान्य समीक्षा, स्थानीय निर्वाचनबारे र आगामी पार्टी कामबारे चार उपशीर्षकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषयहरु समूह नेताले प्रस्तुत गरेपछि अध्यक्ष अध्यक्षले उठेका विषयहरुलाई स्पष्ट पारेपछि वैठक सम्पन्न भएको हो । दुई दिनसम्म चलेको केन्द्रीय समितिको पूर्ण बैठकमा केही सदस्यले निर्वाचनमा भाग लिन नहुने कुरा उठाएका थिए । तर रणनीतिक रुपमा निर्वाचनलाई उपयोग गर्ने निश्कर्षका साथ बैठक सम्पन्न गरिएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य कुमार शाहले जानकारी दिए । क्रान्तिकारी माओवादीले आगामी निर्वाचनमा सत्ताधारी दलसँग भने कुनै पनि ठाउँमा कार्यगत एकता नगर्ने निर्णय गरेको छ । खासगरी प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग कार्यगत एकता नगर्ने बैठकले ठोस गरेको छ । वैठकले १६ बुँदे घोषणापत्र समेत जारी गरेको छ । केन्द्रीय समिति बैठकले आगामी निर्वाचनका लागि तत्काल होमिन निर्णय समेत गरेको छ । वैद्य नेतृत्वको तत्कालिन नेकपा–माओवादीले दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गरेको थियो । जतिबेला रामबहादुर थापा बादल समूह तथा नेत्रविक्रम चन्द विप्लव लगायत वैद्यसँगै थिए । निर्वाचन बहिष्कारमा रहेका बादल समूह माओवादी केन्द्रको एकतामा गइसकेको छ भने विप्लवले नेपाल कम्युनिष्ट पार्टी चलाउँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending