Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

प्रचण्ड सरकारको अर्को सफलता : नेपालको आर्थिक बृद्धिदर हालसम्मकै उच्च

\"\"काठमाडौं, चैत १६ । एशियाली विकास बैंकले नेपालको आर्थिक अवस्था सुदृढ हुँदै गएको निश्कर्ष निकालेको छ । सरकारले वित्तिय सुशासन र विकासका क्षेत्रमा उल्लेख्य काम गर्न सकेको कारण नेपालको आर्थिक बृद्धि दर बढ्ने एडिबीले बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको प्रतिपक्षी लगायतका दलले आलोचना गरेपनि आर्थिक परिसूचकहरुले भने सरकारले निकै ठूलो सफलता हासिल गरेको देखाएका हुन् । \"\" प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि सुशासन र आर्थिक समृद्धिका लागि विकास आयोजनाहरुको कामलाई तीब्रता दिन विशेष पहल शुरु भएको थियो । मंगलबार माइक्रोइकोनोमिक अपडेट २०१७ जारी गर्दै एडिबीले सरकारले आर्थिक क्षेत्रमा गरेका कामका कारण नेपालको आर्थिक बृद्धिदर उकासिने निश्कर्ष निकालेको हो । “आयोजना प्रमुखको छनोटमा निष्पक्षता, निरन्तर बिजुलीको उपलब्धतालगायत क्षेत्रमा सुधार भए नेपालले फड्को मार्ने देखिन्छ” एडीबीका देशीय निर्देशक केनिची योकोयामाले भने । एडिबीका अनुसार, आर्थिक गतिविधि सामान्य अवस्थामा चले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ६ प्रतिशत रहने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । निर्वाचन, पुँजीगत खर्च र पुनर्निर्माणले गति लिन सके वृद्धिदर ६ दशमलव २ प्रतिशतसम्मै पुग्ने छ । अहिलेको अवस्था कायम रहे सामान्य अवस्थामा मात्रै पनि ५ दशमलव ६ प्रतिशत वृद्धि हुने केनिचीले बताए । यसअघि चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशत रहने एडीबीको पूर्वानुमान थियो । सरकारले भने चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर साढे ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । एडीबीसँगै मेल खाने गरी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि केही अघि साढे ५ प्रतिशत वृद्धि प्रक्षेपण गरेको थियो । प्रचण्ड नेतृत्वको सरकारले आफ्नो कार्यकाल शुरु हुने बेला मुख्यतः प्रशासनिक र आर्थिक सुशासन, ठूला आयोजनाहरु समयमा नै सम्पन्न गर्न विशेष पहल, मुद्रास्फ्रितिमा नियन्त्रण, सार्वजनिक सेवा प्रवाह सरल र सहज ढंगबाट परिचालन गर्ने कामलाई प्राथमिकता दिएको थियो । यसका साथै कृषि, जलश्रोत, पर्यटनका क्षेत्रहरुमा सरकारले विशेष ध्यान दिएको थियो । सार्वजनिक सेवा अन्तर्गत यातायात, जनस्वास्थ्यलगायतका क्षेत्रमा आम जनतामा आशा जगाउने कार्यक्रम घोषणा गरिएका थिए । दशै तिहारसँगै विद्युत प्रवाहमा छलाङ मार्न सरकार सफल भयो । देशमा लोडसेडिङको अन्त्य भयो । यी सबैको असर नेपालको समग्र आर्थिक क्षेत्रमा परेको आर्थिक विज्ञहरु बताउँछन् । एडीबीको प्रतिवेदनमा भनिएको छ, ‘कृषि उत्पादनमा भएको वृद्धि, भूकम्पपछिको पुनर्निर्माणले लिएको गतिबाट सिर्जित सम्भावना र लगानीको वातावरणमा आएको सुधारले अघिल्लो पटक आकलन गरिएभन्दा आशा लाग्दो आर्थिक परिदृश्य सुनिश्चित भएको छ,’ । औसतभन्दा बढी भएको मनसुनी वर्षा र कृषि सामग्री, खासगरी रासायनिक मलको सहज उपलब्धताले कृषि उत्पादन उल्लेख्य रूपमा बढ्ने एडीबीको अनुमान छ । ‘विप्रेषण आप्रवाहमा कमी र भारतले भारु पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धको असरले सेवा क्षेत्रका गतिविधिलाई सम्भाव्य स्तरभन्दा खुम्च्याउन सक्दछ,’ प्रतिवेदनमा उल्लेख छ, ‘तर सेवा क्षेत्रको प्रतिफल विगत दुई वर्षको भन्दा उच्च हुने देखिन्छ ।’ पुनर्निर्माणले गति लिन थालेको र निर्वाचनसँग सम्बन्धित खर्चको अनुकूल अवस्थाले आर्थिक वृद्धिमा टेवा पुग्ने एडीबीको तर्क छ । चालु आर्थिक वर्षमा मूल्यवृद्धिदर ६ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ । प्रतिवेदनमा उल्लेख छ, ‘आपूर्तिको सामान्यीकरण, कृषि उत्पादन वृद्धिको सम्भावना, इन्धन तथा वस्तुको मूल्यमा आएको निरन्तर कमी, भारतको न्यून मुद्रास्फीति र भूकम्पपछिको पुनर्निर्माणको गति अपेक्षाकृत कम रहेकाले यो आर्थिक वर्ष मूल्यवृद्धि सरकारी लक्ष्यभन्दा कम ६ देखि ६ दशमलव ५ प्रतिशतको बीचमा रहने अनुमान गरिएको छ,’ सरकार गठन भएलगत्तै सरकारले बजार हस्तक्षेपको रणनीति अघि सार्दै कालोबजारी र मूल्य बृद्धिविरुद्ध अभियान नै सञ्चालन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy