Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

घट्दैछ नयाँ शक्तिमा आकर्षण, आज समानान्तर कमिटि भेला काठमाडौंमा

\"\"काठमाडौं, १६ चैत । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा आकर्षण घट्दो क्रममा छ । बाबुरामको आचरण राम्रो नभएको भन्दै केहि समयअघि नेता मुमाराम खनाल र रामेश्वर खनालले राजिनामा दिएका थिए । त्यस लगत्तै बाबुरामको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निर्मल भट्टराईले राजिनामा दिएका छन् । फागुन २६ गते समानान्तर भेला गर्ने बताएका निर्मल समूहलाई केहि दिनअघि पार्टीले साधारण सदस्यसमेत नरहने गरि पार्टीले कारवाहि गरेको थियो । नयाँ शक्ति पार्टी नेपालबाट विभाजन भएको समूहले बुधवार (आज) राष्ट्रिय भेलाको आयोजना गर्दैछ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय हितलाई तिलाञ्जली दिएको, पार्टीभित्र चरम गुटबन्दी र स्वेच्छारिता देखाएको आरोपसहित सय बढी केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका हुन । नयाँ शक्ति नेपालले भने चार जना केन्द्रीय सदस्यहरुलाई निष्काशन गरेको घोषणा यसअघि गरेको थियो । मंगलबार पत्रकार सम्मेलनमार्फत विद्रोही समूहले समानान्तर राष्ट्रिय भेलाको आयोजना गर्ने बताएको थियो । समान्नातर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भटट्राईले बाबुरामले भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने आरोप लगाउँदै आएका छन् । बाबुरामको कार्यशैलीको विरोध गरेकै कारण कारबाही गरिएको भट्टराईले बताए । बुधबार आयोजना हुने राष्ट्रिय भेलामा ५२ जिल्लाबाट करिब १ हजार प्रतिनिधि सहभागी हुने भट्टराईले बताए । समानान्तर नयाँ शक्तिले स्थानीय चुनावमा सहभागी हुने नीति लिएको छ । मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नयाँ शक्ति केन्द्रीय परिषद्का सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र रामराज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । नयाँ शक्ति नेपालबाट यसअभि केन्द्रीय पदाधिकारी, संस्थापक सदस्य, केन्द्रीय सदस्यलगायत बिभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुले राजीनामा दिइसकेका छन् । पार्टीका संस्थापक नेता रामेश्वर खनालले पार्टीभित्र चन्दा, गुटबन्दी, निर्णय प्रक्रियामा अलोकतान्त्रिक पद्धती मौलिएको र राजनीतिक चिन्तन नै नभएको आरोप लगाउँदै आफू निष्क्रिय बस्ने घोषणा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending