Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चीनबाट फर्किएर प्रचण्डले भने – कुनै पनि हालतमा निर्वाचन हुन्छ

\"\"काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताएका छन् । मित्र राष्ट्र चीन भ्रमण सकेर बुधबार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताए । भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण तय गर्नुरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको बताए । उनले चीनको हाइनान प्रान्तमा बोआओ एसिया मञ्चमा आफूले विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका सम्बन्धमा अतिकम विकसित तथा भूपरिवेष्टित साना देशको चासो र अपेक्षा स्पष्ट रुपमा राख्ने अवसर प्राप्त भएको बताए । प्रधानमन्त्रीले भने, “यस भ्रमणबाट भौतिक पूर्वाधार, पर्यटन, ऊर्जाका विषयमा थप सहयोग र सहकार्य बढाउने आधारशीला तयार भएको छ । नेपालसँग सिमाना जोडिएको राजनीतिक, आर्थिक, सामाजिक एवम् भौगोलिक तथा संस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण तिब्बत स्वशासित क्षेत्रमा सम्बन्धलाई थप विस्तार गर्ने सहमति भएबाट स्थानीय तहमा रहेर काम गर्ने दुवैतर्फका निकायलाई थप समन्वय र सहकार्यमा काम गर्ने आत्मविकासको आधारसमेत तयार भएको छ ।” उहाँले भ्रमणमा चीन सरकारले तय गरेको आतिथ्यता र सदाशयताका लागि प्रतिनिधिमण्डलका तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन सरकार र चिनियाँ जनताका साथै सम्बद्ध सबै अधिकारीलाई धन्यवादसमेत दिए । नेपालसँग जोडिएको तिब्बतमा भएको भएको छलफलमा स्थानीय तहमा रहेका द्विपक्षीय संयन्त्रको नियमित बैठक गर्नुपर्ने विषयमा विचारको आदानप्रदान भएको प्रधानमन्त्रीले जानकारी दिए । निर्वाचनमा मधेसकेन्द्रित दल आउने प्रधानमन्त्री दाहालले यस पटक देशका सबै राजनीतिक दलको सहमतिले निर्वाचन होस् र राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ पक्षको चासो रहेको बताए। निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै प्रधानमन्त्री दाहालले भने “मधेस केन्द्रित दलको सहभागितामा निर्वाचन हुन्छ, त्यो मलाई विश्वास छ ।” संविधान संशोधनका विषयमा सीमाङ्कनमा मात्र सबै समस्या हो, अन्य विषयमा कुनै समस्या छैन । संविधान संशोधन अहिले नै गर्ने हो भन्दै उहाँले सहमति गर्न बाँकी रहेका विषयमा केन्द्रीय निर्वाचनभन्दा अघि टुङ्ग्याइने स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending