Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

निर्वाचन शिक्षाका लागि ३५ करोड खर्च हुने

\"\"काठमाडौं, १८ चैत । निर्वाचन आयोगले, स्थानीय तहको निर्वाचन शिक्षाका लागि करिब ३५ करोड रुपैयाँ खर्च हुने बताएको छ । निर्वाचनमा मतदान कसरी गर्ने भन्ने मात्र नभएर उमेदवार कसरी बन्ने भन्ने लगायतका शिक्षाका लागि सम्पूर्ण सञ्चारमाध्यम र स्वयंसेवकको प्रयोग गर्नुपर्ने भएकाले ३५ करोड रुपैयाँ खर्च हुने आयोगले जनाएको छ । नयाँ संविधान र संरचनाअनुसार दलित, महिला र सीमान्तकृतलगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु आवश्यक रहेको निर्वाचन आयोगले जनाएको छ । यसका लागि समेत मतदाता शिक्षा अनिवार्य रहेको आयोगका सहसचिव नवराज ढकालले जानकारी खबरडबलीलाई दिए । मतदाता शिक्षाका लागि स्थानीय तहको निर्वाचन सम्बन्धी कानुन, निर्देशिका, आचारसंहिता र समावेशी प्रतिनिधित्व लगायत विषयहरू समेटिएका करिब ५४ लाख ब्रोसर र पम्प्लेटहरूको छपाइ सुरु गरिएको पनि ढकालले जानकारी दिए । नेपाली भाषामा करिब २८ लाख र अन्य भाषामा २६ लाख गरी ५४ लाख थान ब्रोसर छाप्ने पनि आयोगको तयारी छ ।

मसीको ठाउँमा मार्कर पेन

त्यस्तै स्थानीय तहको निर्वाचनका लागि मतदाताको नङमा लगाउने मसी भारतबाट नआएपछि निर्वाचन आयोगले ’मार्कर पेन’ किनेको छ । भारतबाट मसी आउने/नआउने टुंगो नभएपछि आयोगले स्थानीय तहको निर्वाचनमा मार्कर पेन प्रयोग गर्ने तयारी गरेको छ । २०७० को संविधानसभा निर्वाचनमा नङमा लगाउने मसी भारत सरकारले दिएको थियो । यसपटक पनि आयोगले मसी उपलब्ध गराइदिन भारत सरकारसँग अनुरोध गरेको थियो । तर भारत सरकारबाट सकारात्मक जवाफ नआएपछि मार्कर पेन किनेको आयोगले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending