Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

यसरी पूरा हुँदैछ मजदुरका छोराको आइपिएल खेल्ने सपना

\"\"चेन्नई, २२ चैत । धेरै वर्ष पहिले उत्तर प्रदेशको गोरखपुरमा कुनै काम नपाएपछि रामसिंह यादव मजदुरी गर्न तमिलनाडुको होसुर क्षेत्रमा पलायन भएका थिए । उनी दैनिक ज्यालादारी गरेर आफ्नो परिवारको पेट पाल्थे । यस्तो अवस्थामा छोरा संजयसिंह यादवलाई क्रिकेटको प्रशिक्षण दिलाउनु उनको लागि कुनै सपनाभन्दा कम थिएन । तर, समय बित्दै गयो । उनको मेहनतले काम गर्न थाल्यो । आज संजय यादव बुवाको त्यही मेहनतका कारण भारतीय क्रिकेटमा सबैभन्दा महंगो मानिने इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्दैछन् । त्यो पनि कोलकाता नाइट राइडर्स (केकेआर) को जर्सी पहिरेर। उनी ड्रेसिङ रुममा गौतम गम्भीर र युसुफ पठानजस्ता दिग्गज खेलाडीसँग समय बिताउने छन् । केकेआरसँग अनुबन्धित भएपछि खुसी भएका संजयले भने, ‘तमिलनाडु क्रिकेट संघको लिग टिमको दोस्रो डिभिजनको खेलाडी भएका कारण मलाई पटक्कै लागेको थिएन, उनीहरुले मलाई छान्छन भनेरँ ।’ संजयको क्रिकेटर बन्ने सपना प्रशिक्षक प्रेमनाथले पुरा गराएका थिए । गरिब भएका कारण संजय पैसा तिरेर क्रिकेट सिक्न सक्दैन्थे । यस्तो अवस्थामा फ्युचर इन्डिया क्रिकेट एकेडेमीका प्रशिक्षक प्रेमनाथले उनलाई निःशुल्क क्रिकेट सिकाएका थिए । संजयले आफ्नो कठिन अवस्थामा प्रशिक्षक प्रेमनाथले गरेको सहयोगलाई अहिलेसम्म भुल्न सकेका छैनन् । उनलाई खेल कै कारण प्रतिष्ठित लोयला कलेजले स्कलरसिप पनि दिएको छ । जसका कारण उनी आफ्नो पढाईलाई पनि निरन्तरता दिइरहेका छन् । उनी लोयला कलेजबाट ग्य्राजुएसन गर्दैछन् । संजय बायाँ हातका ब्याट्सम्यान मात्र होइनन्, उनी स्पिन गर्न पनि खप्पीस मानिन्छन् । तमिलनाडु प्रिमियर लिगमा विबी थिरुवल्लुर विरन्स टिमबाट खेल्ने संजयले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । यही कारण उनलाई तमिलनाडुको टि–२० टिममा स्थान दिइएको थियो । उनलाई केकेआरले १६ लाख रुपैयाँ १० लाख भारु मा अनुबन्धित गरेको थियो । संजय भारतीय कप्तान विराट कोहली र रवीचन्द्रन अश्विनका फ्यान हुन् । उनी आइपिएलमा बंगलादेशी अलराउन्डर शाकिब उल–हसनबाट थुप्रै सिक्न सकिने बताउँछन् । शाकिब पनि बायाँ हाते स्पिनर र अलराउन्डर हुन् । उनी बाहेक वेष्ट इन्डिजका स्पिनर सुनिल नरेनबाट पनि केही सिक्ने योजनामा छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy