Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मकवानपुरगढीमा ४० करोडको गुरुयोजना

\"\"हेटौँडा, २४ चैत ।  ऐतिहासिक तथा पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि रु ४० करोडको लागतमा पुनःनिर्माण गर्ने गुरुयोजना तयार गरिएको छ । नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । विसं १२५८ मा सेनवंशी राजाको शासनकालमा निर्माण गरिएको मकवानपुरगढीमा तामाङ र मगरको संस्कृति झल्कने सङ्ग्रहालयसमेत राखिने भएको छ । बहुवर्षीय योजना सञ्चालन गरी विकास गर्न लागिएको मकवानपुरगढी हेटौँडाको मुख्यचोकबाट १७ किलोमिटर पूर्वमा रहेको छ । तत्कालिन राजा महेन्द्रले आफैँले जिप हाँकेर २०१६ सालमा उद्घाटन गरेको कान्तिराजपथसँग जोडिएको मकवानपुरगढीमा रहेका दरबार तथा अन्य संरचना जीर्ण भएका छन् । मकवानपुरगढी पर्यटन विकास समन्वय समितिका सचिव केदारप्रसाद न्यौपानेका अनुसार मकवानपुरगढीको नक्सा तयार पारेर पुरातत्व विभागलाई बुझाइसकेको बताए। पुरानो संरचनामा परिवर्तन नआउने गरी दुईवटा दरबार, किल्ला, सङ्ग्रहालय, मन्दिर, होटेल, भ्युटावर, वनभोज स्थल, बगैँचा, मुलढोका निर्माण गरिने छ । गुरुयोजनामा रु १२ करोड ९४ लाखमा किल्ला, रु आठ करोड १० लाखमा दरबार, रु ४५ लाखमा सङ्ग्रहालय, रु ८० लाखमा बगैँचा निर्माण गर्न प्रस्ताव गरिएको छ । त्यस्तै रु ८१ लाखमा छवटा वनजोज स्थल, रु एक करोडमा खानेपानी व्यवस्थापन गर्ने र एक करोड ६८ लाखमा वंशीगोपाल, सिद्धेश्वर महादेव र गणेशको मन्दिर निर्माण गरिने भएको छ । गढी दरबारको मूलढोका निर्माणमा रु २८ लाख खर्च गर्ने गुरुयोजना तयार गरिएको छ । समितिले तीन वर्षअघि छलफल अघि बढाएर गुरुयोजना तयार गरेको हो । मकवानपुरमा तामाङ बाहुल्यता रहेकाले तामाङ जातिको ऐतिहासिक संस्कृति झल्कने सामग्री सङ्ग्रहालयमा राखिने प्रस्ताव गरिएको छ । गढी सङ्ग्रहालयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्विक वस्तु राखिने गुरुयोजनामा उल्लेख छ । गढी दरबार, किल्ला र मूलढोका निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना नमेटिने किसिमले निर्माण गरिने छ । समुद्री सतहबाट एक हजार १९ मिटर उचाइमा रहेको मकवानपुरगढीमा रहेको तोपलगायतका सामग्री द्वन्द्वकालमा हराएको थियो । गढीबाट दृश्यावलोकन गर्न भ्यूटावर निर्माण गरिने छ । मकवानपुर राज्यको विसं १६१० मा राजधानी मकवानपुरगढीमा स्थापना गरिएको थियो । सेन राजाको थलोको निशाना मेट्ने कार्य भने विसं १८१९ मा भएको थियो । गढी दरबारमा रहेको शिलालेखमा मकवानपुर राज्यको बारेमा सबै कुरा समेटिएको छ । मकवानपुर राज्यको पहिलो राजा लुहाङ सेन थिए । राघवनरेन्द्र सेन, हरिहरइन्द्र सेन, शुभ सेन, माणिक सेन हँुदै हेमकर्ण सेनको पालामा आएर गोरखाका राजा पृथ्वीनारायण शाहसँग सम्बन्ध गाँसिएको इतिहासमा उल्लेख छ । हेमकर्ण सेनले आफ्नो छोरी गोर्खाका राजा पृथ्वीनारायण शाहसँग विवाह गराइदिएका थिए । मकवानपुरे सेन वंशका अन्तिम राजा दिग्वन्धन सेन थिए । लडाइँमा केहरसिंह बस्नेत र वंशराज पाण्डेको नेतृत्वमा युद्ध हुँदा विसं १८१९ भदौ ९ गते शनिबार गोर्खाली फौजका एकसय जना र चार सय मकवानपुरे सिपाहीले वीरगति प्राप्त गरेको यहाँ रहेको शिलालेखमा उल्लेख छ । पराजित भएर मकवानपुरे राजा दिग्वन्धन सेन, उनका परिवार र उनका मन्त्री कनकसिंह बानियासमेत भाग्ने क्रममा हेटौँडाबाट ठोरी पुगेका थिए । मकवानपुरगढी किल्लाकै कारण १२औँ शताब्दीमा सो ठाउँको नाम मकवानपुर रहन गएको किंवदन्ती पाइन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies