Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

'राष्ट्रियताको लागि' सत्–मार्ग अभियान

हेटौंडा, सत्–मार्ग अभियान नेपालले राष्ट्रियताको लागि सत्–मार्ग अभियान विषयक एक दिने विचार गोष्ठी सम्पन्न गरेको छ । अभियानको मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा यही चैत्र २८ गते शनिवार हेटौंडा उमनपा ११ नवलपुर श्री त्रिभुवन उच्च मा.वि. परिसरमा सो गोष्ठी सुसम्पन्न भएको थियो । मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको प्रमुख आथिथ्यता तथा समुद्घाटनमा भएको सो गोष्ठीमा सामाजिक विकास अधिकृत रामकृष्ण थापा, हेटौंडा उमनपाका कार्यकारी अधिकृत भगवान अर्याल, सत्मार्ग अभियानका राष्ट्रियप्रमुख नवराज धिताल, सहप्रमुख देवी घिमिरे, बौद्धिक प्रमुख आचार्य जनार्दन घिमिरे, संगठन महामन्त्री खेमनाथ आचार्य, प्रवक्ता दीपक सुवेदी, सचिव हरिप्रसाद सापकोटा, सदस्यहरू श्रीराम क्षेत्री, हेमबहादुर ढकाल, हरिबंश भेट्वाल,  युवा समिति सदस्य बालकृष्ण बजगाई, जिल्ला समितिका पदाधिकारी एवम् सदस्यहरू, मातृशक्ति विभागका पदाधिकारी एवम् सदस्यहरू, विभिन्न विभागीय पदाधिकारी तथा सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी भद्र महिला तथा सज्जनवृन्दहरूको गौरवमय उपस्थिति रहेको थियो । गोष्ठीमा बौद्धिक प्रमुख जनार्दन घिमिरे बाट ‘हाम्रो वैदिक विज्ञान’ शीर्षकमा, सहप्रमुख देवी घिमिरेबाट ‘नेपाली समाजमा मातृशक्ति र सत्मार्ग अभियान’ शीर्षकमा आफ्नो बौद्धिक प्रवचन दिनुभएको थियो । यसै गरी प्रवक्ता दीपक सुवेदीले सांस्कृतिक महत्त्वको विषमा जोड दिँदै संस्कृतिले नै राष्ट्रियताको जग बनाएको विषयमा धारणा राख्दै नयाँ वर्षलाई विकृतिमूलक तरिकाबाट नभएर सांस्कृतिमूलक तरिकाबाट मनाउनु पर्ने कुरामा जोडदिँदै संस्थाको तर्फबाट विश्वभरीका सबै मानव समुदायलाई नयाँवर्ष वि.सं. २०७२ को शुभकामना दिनुभएको थियो । संगठन महामन्त्री खेमनाथ आचार्यले सत्मार्ग अभियानको मूल्य, मान्यता, महत्त्व, कार्यक्रम, नीति, योयजनाको बारेमा सांगठानिक अवधारणा राख्नु भएको थियो । यसै गरी सो गोष्ठीलाई राष्ट्रिय सदस्य श्रीराम क्षेत्री र मातृशक्ति सीता कण्डेलले कवितात्मक सम्बोधन गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले सत्मार्ग अधियानको कार्य नेपाल र नेपालीको हितको पक्षमा रहेको हुनाले यस प्रति सबैको सहयोग हुने बताउनु भएको थियो भने सामाजिक विकास अधिकृत रामकृष्ण थापाले यस प्रकारको अभियानको देश र जनताले प्रतिक्षा गरिरहेको हुनाले यसमा सबैको साथ रहने बताउनु भएको थियो । गोष्ठीलाई अभियानका राष्ट्रिय प्रमुख नवराज धितालबाट सत्मार्ग उद्बोधन सम्बोधन भएको थियो भने त्रिभुवन उमाविका प्राचार्य केदारप्रसाद विडारीले समसामयिक अवस्था र सत्मार्गले लिएको अवधारणाको विषय सर्हाना गर्र्नु भएको थियो । कार्यक्रम हरिबंश भेट्वालको स्वागतमन्तव्य, जिल्ला सचिव सुवास कण्डेलको उद्घोषण, जिल्ला कार्यसमिति मकवानपुरका प्रमुख रामचन्द्र बर्तौलाको अध्यक्षतामा एवम् युवा समितिका राष्ट्रिय सदस्य बालकृष्ण बजगाई, समाजसेवी कृष्णहरि ढकाल लगायतका अभियान अन्तर्गतका जिल्ला एवम् नगर स्तरीय विभिन्न समितिका पदाधिकारी एवम् सदस्य र सत्मार्गी कार्यकर्ताहरूको सक्रियतापूर्ण आयोजनामा सुसम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies