Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

इजरायल सरकारले नागरिकलाई उत्कृष्ट गन्तव्य नेपाल घुम्न प्रोत्साहितः राजदुत

\"\"काठमाडौं, १४ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि युरोपियन यूनियन (ईयू)का राजदूत र ईजरायलका राजदूतले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, कान्तिपथ बहादुरभवन पुगेर ईयूका राजदूत रिन्छे टेरेन्क र ईजरायलका राजदूत यारोन मेयरले छुट्टा–छुट्टै शिष्टाचार भेट गरेका हुन् । उपराष्ट्रपतिले यूरोपियन यूनियनका राजदूसँगको भेटमा नेपाल र ईयूको सम्बन्ध घनिष्ठ रहेको बताए । उनले नेपाल र ईयूबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिए । भेटमा उपराष्ट्रपतिले नेपाली जनताको लामो संघर्षपछि प्राप्त अधिकारको संस्थागत गर्नका लागि नेपाल निर्वाचनतर्फ अग्रसर रहेको बताए । उनले आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरबारमा केन्द्रित जनताको अधिकार जनताको घर आगनमा पु¥याउने बताए । उपराष्ट्रपतिसँगको भेटमा ईयूका राजदूतले ईयू र नेपालको सम्बन्ध प्रगाढ रहेको बताए । उनले निर्वाचन नेपालको आन्तरिक मामिला भएको बताउनुहुँदै स्थानीय तहको निर्वाचन सफलताको लागि शुभकामना दिए । उनले नेपालले अपनाएको लोकतान्त्रिकरण, समावेशीता र विकेन्द्रकरण उच्च प्रशंनीय भएको बताए । उपराष्ट्रपतिले विहिवार नै ईजरालयका राजदूतसँगको भेटमा नेपाल र ईजरायलबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिए । उनले ईजरायलले कृषि क्षेत्रमा हाँसिल गरेको उपलब्धीबाट नेपालले सिक्न चाहेको बताए । उपराष्ट्रपतिसँगको भेटमा ईजरायलका राजदूतले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए । उनले ईजरायल सरकारले नेपाल घुम्नका लागि उत्कृष्ट गन्तव्य भएको र राजनीतिक स्थायित्व हाँसिल गरिरहेकोले आफ्ना नागरिकलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending