Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नयाँ बसपार्क निर्माण हुन थालेपछि जग्गाको मूल्य आकासियो

इलाम, नयाँ बसपार्क निर्माण हुन थालेपछि इलाम नगरपालिकाको जग्गाको मूल्य दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । पाँच वर्षअघि इलाम नगरपालिका–३ ४ र ५ मा प्रतिआना एक लाख रुपैयाँमा किनबेच हुँदै आएको जग्गाको मूल्य अहिले दोब्बरभन्दा बढी भएको छ । हाल उक्त क्षेत्रमा प्रतिआना चार/पाँच लाख रुपैयाँ सम्ममा किनबेच भइरहेको छ । बसपार्क निर्माणसँगै होटल व्यवसाय गर्नका लागि इलामका ठूलाठूला होटल, व्यवसायीले ती क्षेत्रको जग्गा खरिद गरिरसकेका छन् भने कतिपयले धमाधम खरिद गरिरहेका छन् । पर्यटन प्रवद्र्धन गराउनका लागि पनि बसपार्क क्षेत्रमा ठूलाठूला घरहरु निर्माण हुँदै छन् । सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको लगानीमा निर्माण हुँदै आएको नयाँ बसपार्कको काम भइरहेको छ । अघिल्लो चरणमा जग्गाको सिमाङ्कन, रेखाङ्कनजस्ता कार्य सम्पन्न भई अहिले स्थानीय उपभोत्तामार्फत अन्डर ग्राउन्ड नाली निर्माण गर्ने,  पर्खाल बनाउने कार्यसमेत भइरहेको बसपार्क उपभोक्ता समिति इलामका कोषाध्यक्ष ज्ञानु दाहालले जानकारी दिए । आर्थिक वर्ष २०६८/०६९ देखि इलाम नगरपालिका–३ स्थित सेरामा निर्माणाधीन नयाँ बसपार्क १४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । इलाम बजारबाट तीन किलोमिटरको दूरीमा रहेको बसपार्क मेची राजमार्गसंग जोडिएको छ । उक्त बसपार्कको अनुमानित लागत करिब रु १० करोडको भए पनि यो वर्ष रु १९ लाख बजेट विनियोजन भएको छ । बसपार्क निर्माणका लागि पहिलो चरणमा ठेकेदारका काम सन्तोषजनक नभएपछि स्थानीय उपभोक्तामार्फत काम गरिएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy