Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

नयाँ बसपार्क निर्माण हुन थालेपछि जग्गाको मूल्य आकासियो

इलाम, नयाँ बसपार्क निर्माण हुन थालेपछि इलाम नगरपालिकाको जग्गाको मूल्य दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । पाँच वर्षअघि इलाम नगरपालिका–३ ४ र ५ मा प्रतिआना एक लाख रुपैयाँमा किनबेच हुँदै आएको जग्गाको मूल्य अहिले दोब्बरभन्दा बढी भएको छ । हाल उक्त क्षेत्रमा प्रतिआना चार/पाँच लाख रुपैयाँ सम्ममा किनबेच भइरहेको छ । बसपार्क निर्माणसँगै होटल व्यवसाय गर्नका लागि इलामका ठूलाठूला होटल, व्यवसायीले ती क्षेत्रको जग्गा खरिद गरिरसकेका छन् भने कतिपयले धमाधम खरिद गरिरहेका छन् । पर्यटन प्रवद्र्धन गराउनका लागि पनि बसपार्क क्षेत्रमा ठूलाठूला घरहरु निर्माण हुँदै छन् । सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको लगानीमा निर्माण हुँदै आएको नयाँ बसपार्कको काम भइरहेको छ । अघिल्लो चरणमा जग्गाको सिमाङ्कन, रेखाङ्कनजस्ता कार्य सम्पन्न भई अहिले स्थानीय उपभोत्तामार्फत अन्डर ग्राउन्ड नाली निर्माण गर्ने,  पर्खाल बनाउने कार्यसमेत भइरहेको बसपार्क उपभोक्ता समिति इलामका कोषाध्यक्ष ज्ञानु दाहालले जानकारी दिए । आर्थिक वर्ष २०६८/०६९ देखि इलाम नगरपालिका–३ स्थित सेरामा निर्माणाधीन नयाँ बसपार्क १४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । इलाम बजारबाट तीन किलोमिटरको दूरीमा रहेको बसपार्क मेची राजमार्गसंग जोडिएको छ । उक्त बसपार्कको अनुमानित लागत करिब रु १० करोडको भए पनि यो वर्ष रु १९ लाख बजेट विनियोजन भएको छ । बसपार्क निर्माणका लागि पहिलो चरणमा ठेकेदारका काम सन्तोषजनक नभएपछि स्थानीय उपभोक्तामार्फत काम गरिएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE