Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सभामुख घर्ती र आइपियु अध्यक्षबीच के–के भयो छलफल ?

\"\"काठमाडौँ, २५ वैशाख । सभामुख ओनसरी घर्ती र अन्तर व्यवस्थापिका सङ्घ (आइपियु)का अध्यक्ष तथा बङ्गलादेशका सांसद सबेर होसाइन चौधरीबीच भेटवार्ता भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटवार्तामा दुईपक्षीय चासो र हितका विषयमा उहाँहरुबीच कुराकानी भएको थियो । नेपालको व्यवस्थापिका–संसद्मा भइरहेका काम र समसामयिक अवस्थावारे आइपियुका अध्यक्षले सभामुख घर्तीसँग चासो व्यक्त गरेको उनका सञ्चार विज्ञ बबिन शर्माले जानकारी दिए । विश्वका केही देशमा संसद्लाई असजिलो पार्नेगरी काम भइरहेको उल्लेख गर्दै ती देशमा छिट्टै आइपियुले अध्ययन गरेर समस्या समाधानको पहल गर्ने बताए । संसद्लाई अप्ठ्यारो पार्ने अवस्था सिर्जना भएमा आइपियु सधैँ संसद्को पक्षमा उभिने चौधरीले बताए । सभामुख ओनसरी घर्तीले नेपालको समसामयिक अवस्थाबारे जानकारी गराउँदै केही दिनभित्रै स्थानीय तहको चुनाव हुन गइरहेको र यो चुनाव संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको बताए। अघिल्लो आइपियुको बैठकका क्रममा आफूले बङ्गलादेशको चटगाउँ बन्दरगाह भ्रमण गरेको स्मरण गर्दै सभामुख घर्तीले नेपाल र बङ्गलादेश सरकारले आवश्यक थप समझदारी बनाएर सो बन्दरगाह नेपालले छिट्टै प्रयोग गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले बङ्गलादेश र नेपालको संसद् र सांसदबीचको सम्बन्ध अझ बलियो र बाक्लो बनाउनुपर्ने धारणा राख्दै बङ्गलादेशका सभामुखलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending