Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

फोहर फाल्नेबाट पन्ध्र लाख जरिवाना

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहर फाल्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई जरिवानास्वरुप १५ लाख १५ हजार ४०० सङ्कलन गरेको छ ।

महानगरपालिकाले सार्वजनिक स्थलमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सौन्दर्य कुरुप पार्ने, सानातिना किराना पसल, खाजा घर, सवारीसाधन खरिद बिक्री गर्ने सङ्घ–संस्थाबाट उक्त रकम सङ्कलन गरिएको हो ।

शैक्षिक परामर्शदाता, अस्पताल तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने, फलफूल तथा जुस व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप गत साउनदेखि यही चैत २८ गतेसम्म (आठ महिना) मा करिब ८०० जनालाई कारबाही गर्दै सो रकम सङ्कलन गरेको हो ।

आठ सयमध्ये ३५० जनालाई प्रहरीले पक्राउ गरेको हो भने बाँकीलाई महानगरपालिकाले पक्राउ गरेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलन सकिएपछि पनि महानगरपालिकाले ‘हरियाली काठमाडाैँ’ अभियानलाई जारी राख्ने योजनाअनुसार जथाभावी फोहर फाल्नेलाई कारबाही गरिँदै आएको महानगरपालिकाले जनाएको छ ।

गैरकानुनीरुपमा फोहर फाल्नेलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ को कसुरअनुसार सजायको दफा ३९ अनुसार रु ५०० देखि एक लाखसम्म जरिवाना र तीन महिना कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेको छ । अनामनगरकी सरिता बुढाथोकीले पहिले पहिले सडकमै फोहर थुपार्ने गरिए पनि महानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न सुरू गरेदेखि महानगरपालिकको गाडी आउँदा मात्र फोहर फाल्ने गरेको बताए । महानगरपालिकका प्रवक्ता शान्ताराम पोखरेलले भने,–\'सार्कका समयमा रोपिएका कतिपय रुख बिरुवा सुकेर मर्दै गएका छन् ती ठाउँमा फेरि नयाँ बिरुवा रोक्ने काम सुरू हुँदैछ ।\'

सार्कका अवसरमा रोपिएका दुई हजार साना-ठूला बिरुवालाई जोगाइराख्न महानगरपालिकाले समय समयमा मलजल समेत गर्दै आएको छ । सार्कको अवसरमा करिब रु नौ लाख मूल्यका ५०० गमला र रु १० लाखका दुई हजार साना÷ठूला रुख बिरुवा रोपिएको थियो । त्यसैगरी १३ लाखका ४७५ वटा रुख अडाउने बार (ट्रिद्व गार्ड) पनि राखेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy