Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सार्वजनिक संस्थामा लगानी तीन खर्ब

\"\"काठमाडौँ, १४ जेठ । मुलुकका सार्वजनिक संस्थानमा रु दुई खर्ब ७४ अर्ब लगानी प्रवाह भए पनि अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ । सरकारले व्यवस्थापिका–संसद्मा अाइतवार अाज पेस गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७४’ मा लगानीको तुलनामा अपेक्षित उपलब्धि हासिल हुन नसक्नु कमजोर वित्तीय एवम् व्यवस्थापकीय अवस्थालाई औँल्याइएको छ । कुल गार्हस्थ्य उत्पादनमा संस्थानहरुको सञ्चालन आयको योगदान १० प्रतिशतको हाराहारीमा रहे पनि तिनको कमजोर व्यवस्थापनका कारण विकासको मेरुदण्डका रुपमा रहेका संस्थानको सञ्चालन पूर्ण क्षमतामा हुन नसक्नु गम्भीर चुनौती भएको समीक्षामा स्वीकरिएको छ । उक्त समीक्षामा सार्वजनिक संस्थानहरुको समग्र तथा क्षेत्रगत कार्यसम्पादन, विश्लेषण, व्यवस्थापकीय विश्लेषण, विनिवेश खारेजी र विघटनको अवस्था, सञ्चालन/व्यवस्थापनका सबल र दुर्बल पक्ष समेटिएको छ । ‘समृद्ध नेपालको आधार समृद्ध गाउँ/नगर’, ‘समृद्ध गाउँ/नगरको आधार समृद्ध समाज’ भन्ने मान्यताका साथ मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि समृद्ध राष्ट्रको सोच बनाएको वर्तमान सरकारले सार्वजनिक संस्थानलाई दीर्घकालीन सोचका साथ सुधारको मार्गमा अग्रसर गराउने प्रयास गरेको छ । सङ्घीयता कार्यान्वयनका क्रममा संस्थानहरुको सञ्चालन ढाँचा, संरचना तथा व्यवस्थापन चुस्त बनाउन सम्बन्धित मन्त्रालयलाई सरकारले निर्देशनसमेत दिएको छ । उक्त समीक्षा सदनमा प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सार्वजनिक संस्थानमा सरकारले प्रवाह गरेको लगानीको प्रतिफल प्राप्त हुनुपर्छ भन्ने मान्यताका साथ इमान्दारीपूर्वक काम गर्न सम्बद्ध पक्षलाई आग्रह गरे । आर्थिक वर्ष २०७२/७३ मा सञ्चालनमा रहेका ३५ वटा संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानमा रहेका समीक्षामा उल्लेख छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy