Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

भासिएकाे अाठ महिनासम्म पनि पुल सञ्चालनमा आएन

गौशाला, पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातु पुल भासिएको आठ महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरको लापरबाही र ढिलासुस्तीका कारण लामो समय भइसक्दा पनि रातु पुलको दु्रत गतिमा मर्मतसम्भारको काम गर्न नसक्दा पुल अहिलेसम्म सञ्चालनमा आउन नसकेको हो । सो पुल भासिएपछि पूर्व पश्चिम जाने अधिकांश मालवाहक सवारीसाधन जनकपुर, जलेश्वर हुँदै बर्दिबास तीन घन्टाभन्दा बढी समय लाग्ने वैकल्पिक मार्ग प्रयोग गर्दै आएको छ । गत साउन २८ को राति महोत्तरी र धनुषाको सीमा छुट्याउने रातु खोलामा आएको भीषण बाढीको बेला सो पुल भासिएको थियो । सो पुलको ११ नम्बर पिलर जमिनभित्र धसिएपछि झन्डै एक महिना यातायात प्रभावित भयो । पुल भासिँदाको असर पूर्व पश्चिम राजमार्गमा अझै कायम छ ।

अहिले खोलामा बनाइएको वैकल्पिक मार्गबाट सवारीसाधन तारिन्छन् घन्टाैँ पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको छ । विसं २०२८ मा नेपाल सोभियत सङ्घको सहयोगमा रातु पुल निर्माण गरिएको थियो । पुल भासिएको आठ महिना बितिसक्दा पनि सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले अहिलेसम्म खोलाबाट वैकल्पिक मार्ग बनाउन सकेको छैन । सडक कार्यालयको चरम लापबाहीले वैकल्पिक मार्ग बन्न नसकेको बर्दिबासका बासिन्दाको भनाइ छ ।

खोलामा आएको बाढीले बनाएको वैकल्पिक बाटो दर्जनौँ पटक बगाएको भन्दै सडक डिभिजन कार्यालयले वर्षापछि बनाउने बताएको थियो । तर वर्षा गएको आठ महिना बितिसकेको र पुनः वर्षाको मौसम आउन लाग्दासमेत वैकल्पिक सडकको अत्तोपत्तो नरहेको जनगुनासो छ ।

खोलामा वैकल्पिक बाटो नबन्दा आठ महिनादेखि ठूला मालवाहक सवारी चल्न सकेको छैन भने सयौँ सवारीसाधन जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: