Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

दलले पनि मतदाता शिक्षा सिकाउँदै

\"\"तेह्रथुम, २१ जेठ । जिल्लामा राजनीतिक दलले पनि मतदाता शिक्षा सामग्री नै बनाएर गाउँ गाउँमा मतदाता शिक्षा दिन थालेका छन् । दलले पहिलो चरणको निर्वाचनमा जस्तो मत बदर नहोस् भनेर कार्यकर्ता र मतदातालाई मतदान गर्नेबारे सिकाउन थालेका हुन् । मतदाताको घरदैलोसम्म पुग्दा आफ्नो पार्टीलाई मतदान गर्न सिकाउँदै दलले मतदाता शिक्षाका सामग्री लगेर मतदान कसरी गर्ने भन्ने सिकाइरहेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, नयाँ शक्ति नेपाललगायत राजनीतिक दलहरू आफ्नो पार्टीमा यसरी मतदान गर्नुस् भनेर मतदाता शिक्षा सामग्रीसहित घरदैलो गरिरहेका हुन् । दलहरूले आफ्नो पार्टीमा स्वस्तिक छाप लगाइएका मतपत्र नै बनाएका छन् । त्यस्ता मतपत्र बाँड्दै मतदातालाई मत बदर नहुने गरी सिकाइरहेको नेताहरूले बताएका छन् । पार्टीको घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको काँग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले बताए । यसरी मतदातालाई भोट हाल्न पनि सजिलो हुने र आफ्नो पार्टीको चुनाव चिह्नका बारेमा जानकारीसमेत दिन सकिने भएपछि घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताउनुभयो । नयाँ शक्ति नेपालका जिल्ला संयोजक विष्णुप्रसाद दाहालले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसँगै मतदाता शिक्षामा पनि जोड दिएको उल्लेख गरे । नमुना स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको उनले बताए । गाउँपालिका तथा नगरपालिकाका उम्मेदवारसमेत विभिन्न वडामा नमुना स्वस्तिक छाप र मतपत्रसहित मतदातालाई मतदान गर्न सिकाइरहेका छन् । माओवादी केन्द्रका इन्चार्ज दुर्गाप्रसाद चापागार्इंले मतदाता शिक्षा कार्यक्रममा आफ्नो पार्टी पनि सक्रिय रूपमा लागेको बताए । जिल्लामा सङ्घीय लिम्बुवान मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायतका साना दलले पनि मतदातालाई मतदान गर्न सिकाउँदै घरदैलो गरिरहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending