Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कांग्रेसको तयारी तीन वर्षपछि मात्र संविधान

काठमाडौं, बाहिर–बाहिर संविधान निर्माणको बाधकको रुपमा ३० दलीय विपक्षी मोर्चा देखिए पनि भित्र–भित्र सरकारको नेतृत्व गरिरहेको कांग्रेसले संविधान निर्माण नचाहेको खुलासा भएको छ । आजको बुधबार साप्ताहिकका खबर छ–विश्वस्त स्रोतका अनुसार नेपाली कांग्रेस कम्तीमा पनि तीन वर्षसम्म संविधान नबनाउने पक्षमा रहेको चर्चा सत्तापक्षमै चलेको छ । यसै पनि यो संविधानसभाको अवधि चार वर्षको भएको हुनाले त्यही अवधिभित्र संविधान निर्माण गर्ने तर अहिले कुनै हतार नगर्ने उसको योजना रहेको सुईको सत्ता साझेदार एमालेले पाएको छ । आइतबार साँझ बालुवाटारमा भएको बैठकमा मिति तोकेर संविधान बनाउ भन्ने एमालेको प्रस्तावमा कांग्रेसले आनाकानी गरेपछि झस्किएका एमाले नेताहरुले त्यसबारेमा सोधखोज गरेका थिए । यस अघि भदौमा हुने कांग्रेस महाधिवेशसम्म संविधान निर्माण गर्दा प्रधानमन्त्री छोड्नुपर्ने र आफू कमजोर हुने भएकोले महाधिवेशन अघि संविधान निर्माण गर्ने पक्षमा प्रधानमन्त्री नरहेको एमालेको बुझाई थियो । यो कुरा बुझेरै एमाले अध्यक्ष केपी ओलीले घरमै बोलाएर कात्तिकसम्म प्रधानमन्त्री बनेमा आफूलाई आपत्ति नहुने तर, संविधानचाँहि जारी हुनुपर्ने बताएका थिए । तर, कांग्रेससँग तीन वर्षको छुट्टै रोडम्याप छ । तीन वर्षसम्म संविधान निर्माण नगर्ने, त्यतिन्जेल राष्ट्रपति डा. रामवरण र कोइराला यथावत रहने । तीन वर्षपछि संविधान निर्माण गरेपछि कोइरालालाई राष्ट्रपति बनाउने गरी राष्ट्रपति र प्रधानमन्त्रीबीच भित्री सहमति भएको स्रोतको दाबी छ । ‘कोइराला कार्यवाहक सभापति हुँदा यादव महामन्त्री हुनुहुन्थ्यो । अहिले राष्ट्रपति भए पनि वास्तवमा यादवको नेता कोइराला नै हो भन्ने प्रष्ट छ । त्यसैले उहाँहरुबीच त्यस्तो सहमति हुनु अस्वभाविक होइन ।’ संस्थापन पक्षको यही सुइको पाएर नेता शेरबहादुर देउवा पक्ष पनि तीव्र असन्तुष्ट बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE