Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

माओवादी सामुन्नेका चुनौती

त्यसो त नेपालका माओवादी विचारसँग सहमत सबै कम्युनिस्ट पार्टीभित्र एउटै कम्युनिस्ट केन्द्र बनाउने चर्चा चलेको छ । समग्र उत्पादन प्रणालीमा आएको परिवर्तनको सन्दर्भमा नेपालका कम्युनिस्टहरुलाई परिवर्तित हुन र नयाँ कार्यदिशाको विकास गर्न सकस परेको छ । आफुले वर्षौंदेखि अँगाल्दै आएको कार्यदिशाको हतियार काम नलाग्ने भएको छ । नयाँ वैचारिक–राजनीनिक एवं संगठनात्मक कार्यदिशाको माग भइराखेको छ । इतिहासको त्यो आवश्यकता पूरा गर्न पुरानै विधिको खोजी प्रक्रियाद्वारा असम्भव देखिन्छ । विडम्बना ! आ–आफ्नो यात्राबाट थकित भएर आ–आफूमै काटमार गर्न तम्सिएकाहरु पराजित, कुण्ठित, निराश र उदास चेहराहरु मिलाएर नयाँ कम्युनिस्ट केन्द्र बनाउने योजना बुन्दै छन् ।
आफूसापेक्ष विकल्प खोजी भइराखेको हुँदा ती पार्टी र नेताहरुले उठाएका प्रस्तावहरुमाथि आवश्यक बहस केन्द्रित हुन सकेको छैन ।
एउटा साझा विषयवस्तु चाहिँ के हो भने सबै कम्युनिस्टहरुले, यथास्थितिबाट नयाँ विकल्प खोजिरहेका छन् । आफूसापेक्ष विकल्प खोजी भइराखेको हुँदा ती पार्टी र नेताहरुले उठाएका प्रस्तावहरुमाथि आवश्यक बहस केन्द्रित हुन सकेको छैन । कम्युनिस्ट केन्द्र नयाँ शक्ति वा नयाँ ढंगको कम्युनिस्ट पार्टी जे भनिए पनि यथास्थितिमा पुरानै ढंगले कुनै पनि कम्युनिस्ट पार्टी वस्तुपरक हुने अवस्था छैन भन्ने स्वीकोरोक्ति हो । यो निष्कर्षको पृष्ठभूमिमा केही वस्तुगत एवं आत्मगत बदलावले भूमिका खेलेको छ । जसलाई गम्भीरतापूर्वक मनन गर्नु र बहसमा भाग लिनु जरुरी देखिन्छ । नयाँ सैद्धान्तिक आधारको खोजी यतिखेर पुरानो पुस्ताका नेताहरु व्यक्तिवादी स्वार्थ र समाजिक विकृतिमा फसेर कलंकित बनिसकेको भन्दै निष्कलंकित मान्छेहरु जम्मा पारेर नयाँ शक्ति बन्छ कि भन्ने स्वतस्फूर्तवादी, बालशुलभ सोचाइ नेपाली जनतादेखि केही नेतासम्म विकास भएको पाइन्छ । परन्तु, पार्टी भनेको निश्चित वर्गस्वार्थको प्रतिनिधित्व गर्ने साधन हो । कम्युनिस्ट पार्टी भनेको श्रमजीवी सर्वहारा वर्गको अग्रदस्ता हो । त्यसैले विविधतापूर्ण वर्ग चरित्रको अध्ययन मात्र हैन कि अपितु, सिङ्गो समाजलाई बदल्ने भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसर्थ सिद्धान्तको ऐनाबाट समाजको तस्बिर हेर्ने हैन कि समाजिक वर्गचरित्रको विश्लेषणबाट सिद्धान्तको विकास गर्ने र त्यस सिद्धान्तको आलोकमा आन्दोलनको सृष्टि गर्ने विधिद्वारा पार्टी चल्ने हो । यसर्थ सवाल अमुक व्यक्तिको हैन, नयाँ सिद्धान्तको हो । महान् दसवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको धक्कास्वरुप नेपालमा मूलतः नेपाली मौलिकताको पुँजीवादी क्रान्ति सम्पन्न भएको छ । न नयाँ जनवादी क्रान्ति भयो न त सामन्तवादको पूर्णतः उन्मुलन नै भयो । पुँजीवादी जनवादी क्रान्ति पनि पूर्ण रुपमा भएको छैन, जहाँ सामन्तवादका अवशेषहरु छँदै छन् । जस्तो–
  • राज्यको माथिल्लो संरचनामा पुजिवादी रुपान्तरण भएपनि आर्थिक आधारहरुको जगमा पुजिवाद पुर्वका सामन्तवादी जराहरु रहिरहेका छन् ।
  • सामन्ती भु–स्वामित्वको स्थिति छ । क्रान्तिकारी भुमिसुधार हुन सकेको छैन ।
  • साँस्कृतिक रुपमा लैङ्किक, जातीगत एंवम अन्य समाजिक विभेदको अन्त्य भएको छैन ।
  • आर्थिक विकासको गति तिव्र हुन सकेको छैन ।
  • राष्ट्रियताको स्थिती कमजोर छ । असमान सन्धि सम्झौताहरु खारेज हुन सकेका छैनन् ।
  • दलाल, नोकरशाहि, अर्थतन्त्रको अन्त्य हुन सकेको छैन ।
यसको मतलब पुँजीवादी जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको पूर्णता एउटै रणनीतिद्वारा हासिल गर्न सकिन्छ भन्ने होइन । किनकि यी दुई फरक क्रान्तिहरु एकैचोटी असम्भव छ । त्यस्तै माओको चीनपछि विश्वमा कहीँ पनि नयाँ जनवादी तरिकाले क्रान्ति नभएको ज्युँदो इतिहासलाई हामीले यतिखेर गहिरिएर महशुस गर्नु जरुरी छ । उत्पादक शक्तिको विकास राम्रोसँग नभैसकेको तर मूल रुपमा समाजको चरित्र चाहिँ पुँजीवादी भैसकेको अवस्थामा नवउदरवाद र परम्परागत समाजवादबीचको टक्कर र विकल्प स्वाभाविक देखिन्छ । इतिहासमा उत्पादक शक्तिको व्यापक विस्तार र विकास गरेर पनि समतामूलक, समावेशी र सामूहिक स्वामित्व प्रणाली स्थापित गर्न नसकिएको, बरु सयौँ राज्यभन्दा पनि एउटा व्यक्तिलाई बलियो र सम्पन्न बनाएका कारण ओरालो झर्दै गरेका पुँजीवादी सत्ता र अर्कोतिर कमजोर उत्पादक शक्ति भएको अवस्थामा पनि जबरजस्त समाजवाद स्थापित गर्न खोज्ने माक्र्सवादीहरु दुवै नै पराजित भैसकेको सन्दर्भलाई अगाडि राखेर नयाँ समाजाबदी मोडेलको विकास गर्नु जरुरी देखिन्छ ।
भारतमा समेत विस्तारवादी भारतीय जनता र राजनीतिमा समेत राष्ट्रियताको मुद्धा वलशाली बन्दै गएको छ । चीन र भारत वीचको परस्र सहकार्य र संघर्ष सँग सँगै रहने अवस्था छ र नेपालको विकास र स्थिरता उनीहरुका लागि समेत जरुरी बन्दै गएको अवस्था छ ।
अबको नेपाली क्रान्तिको दिशा भनेको समाजवादी क्रान्ति नै हो । २००७ सालदेखि हालसम्म थुप्रिदै आएको समस्याको फोहोर सफा गर्ने समाधान नै दुनियाँ बदलने आजको माक्र्सवाद हुन सक्छ । आजको सन्दर्भमा न त परम्परागत ढङ्गको पुजिवादले झै आफु भन्दा गरिब र कमजोर मुलुकको श्रम, साधन र स्रोत हडपेर उत्पादन बढाउने र पुनः त्यहि ठाउँमा उच्च मुल्यमा विक्रि गरेर नाफा कमाउने विधिद्वारा चिन र भारतको बीचमा अवस्थित नेपालमा पुजीको विकास गर्न सम्भव छ ? न त उत्पादक शक्तिको विकास भन्ने वितिकै देङलाई सम्झिहाल्ने र दक्षिणपन्थी देखिहाल्ने मनोरोगी आर्थिक नीतिले नै सम्भव देखिन्छ । २१ औँ शताब्दिमा आर्थिक विकासको केन्द्र एसिया बन्ने पक्का–पक्की अवस्था रहेको र चीन र भारत जस्ता विशाल तर विकसित मुलुकहरु महाशक्ति राष्ट्रको तक्मा लिन दौडिरहेको परिप्रेक्ष्यमा तथा आगामी १० वर्षका लागि उनीहरुले लगभग नेतृत्व समेत निश्चित गरिसकेको सन्दर्भमा, नेपालको समाजवादी क्रान्तिको विशेषता अहिलेको सन्दर्भ सापेक्ष विकसित गर्न सोच्नै पर्ने भएको छ । भारतमा समेत विस्तारवादी भारतीय जनता र राजनीतिमा समेत राष्ट्रियताको मुद्धा वलशाली बन्दै गएको छ । चीन र भारत वीचको परस्र सहकार्य र संघर्ष सँग सँगै रहने अवस्था छ र नेपालको विकास र स्थिरता उनीहरुका लागि समेत जरुरी बन्दै गएको अवस्था छ । यस्तो खालको नेपालको आत्मगत एवं वस्तुगत राजनीतिक परिवर्तनलाई ख्याल गरेर आधारभूत श्रमजीवी जनताको विकास सहितको आर्थिक उन्नती गर्ने सोचाई नै समाजवादी सोचाई हुनुपर्छ, जहाँ मानवीयता सँग जोडिएको माक्र्सवादी कार्यक्रम तयार हुन सकोस् । आजको देशको समाजलाई बुझ्न अन्तराष्ट्रिय इतिहाँसको चस्मा लगाएर हेर्ने रोगबाट मुक्त हुनुपर्दछ । किनकि वर्तमानमा प्रत्येक क्रान्तिको आधारविन्दु भनेको विगतको क्रन्तिले छोडेको पैतलाका डोवहरु पछ्यानु मात्रै होइन । ती इतिहासका पराजीत यात्राका पाइलालाई मात्र सिद्धान्तको श्रोत र आधार मान्ने  हो भने त त्राmन्तिको श्रोत नै पराजय हो भन्ने अर्थ लाग्छ र क्रान्ति भन्दा भन्दै पराजय चाँहि वैभवशाली भइराखेको हुन्छ । त्यसैले इतिहास एउटा कुरा हो तर वर्तमान आफैंमा क्रान्ति हो भन्ने सच्याइलाई सर्ववोध गर्न जरुरी छ । नयाँ संगठनात्मक प्रणलीको विकास कम्युनिस्ट पार्टीको निर्माण या नयाँ संगठानात्मक प्रणलीको विकास भनेको नयाँ वैचारिक राजनैतिक कार्यदिशाका धारमा हुने हो । वास्तवमा, कार्यदिशा वोक्ने माध्यम भनेको संगठनात्मक प्रणाली हो । राजनीतिक र संगठन वीचको यतिखेरको मुल समस्या भनेको कार्यदिशा समाजवादी तर संगठनात्मक प्रणाली चाँहि नोकरशाही चरित्रको रहनु हो अहिले सम्म माओवादी कम्युनिस्टहरुले अंगाल्दै आएको संगठनात्मक प्रणाली भनेको लेनिनको प्रणाली हो । जनवादी केन्द्रियताको सिद्धान्तमा आधारित संगठनात्मक प्रणाली सारतः युद्धप्रधान खालको केन्द्रियता विशेष प्रणाली हो । जहाँ, नीति, सिद्धान्त, विचार, बुझाई र योजनाको एकरुपता भनेको नेतृत्वको केन्द्रिकरण हो भन्ने मान्यता राखिएयता पनि सामूहिक संगठनात्मक प्राधिकार भन्दा वैयत्तिक प्राधिकार बलियो बनाउने र अन्ततः शक्तिको केन्द्रिकरण गर्ने शैली नेतृत्वमा रहँदै आएको छ । त्यसमा पनि युद्धको पृष्ठभूमिबाट आएको संगठनात्मक ढाँचा भनेको उही युद्ध कालमा रक्षा, सन्तुलन र प्रत्याक्रमणका चरण अनुसार अभ्यास गरिएका अतिकेन्द्रिकृत संगठनात्मक प्रणाली र त्यतिखेरको मनोविज्ञान र चिन्तन शैलीले अहिलेसम्म पनि गाँजिरहेको छ । फलस्वरुप लिपीविहीन कर्तव्यको गाथा कोर्ने बलिदानका प्रतिकहरु भन्दा पनि स्वार्थका प्रतिनिधी जिउँदो मान्छेको हिसाब मिलाउने आर्दश हाबी भईराखेको छ । विचारधारात्मक प्रतिष्पर्धाको ठाउँ गुटगत, दलाली, चाकरी र ठेकेदारी प्रवृत्तिले ओगट्दै गईराखेको छ । समावेशिता, क्रमवद्धता र विविधता भित्रको एकरुपता संगठनमा हासिल हुन सकेको छैन । जसले गर्दा अन्तरसंघर्षले पार्टिलाई मजबुद बनाउनुपर्ने तर क्षतविक्षत् बनाउँदै लगेको छ । किनकी, विचारधारात्मक संघर्ष हुन सकेको छैन । गुटगट झगडा मात्र भईराखेको छ । यसर्थ, व्यक्तिविशेष गुटगत झगडालाई विचार विशेष स्वस्थ संघर्षको रुपमा संस्थागत गर्ने संगठनात्मक प्रणालीको विकास गर्न जरुरी छ । जहाँ, ईतिहाँसको एउटा घडीमा वहसका लागि प्रस्तावित भएको तर अहिले चर्चा समेत हुन छाडेको २१ औ शताव्दीमा जनवादको विकास सम्वन्धि प्रस्ताबनाको भाबना मुताविक जनताको निगरानी नियन्त्रण र हस्तक्षेप सुनिश्चित भएको संगठनात्मक प्रणाली विकास गर्न जरुरी छ । समाजवादी कार्यदिशा वमोजिमको त्यस्तो संगठनात्मक प्रणाली, जहाँ कार्यदिशा रुचाउने एउटा सामान्य जनताले पनि आफु कसरी संगठित हुने हो ? भन्ने वुझ्न सकोस् । तत्कालीन राजनीतिक प्रश्न रणनीतिमा सहमत हुँदाहुँदै तत्कालीन कार्यनीति र योजना प्रतिको मतभिन्नताका कारण कम्युनिस्ट पार्टीहरु टुटफुट र विभाजित समेत भएका छन् । कम्युनिस्ट पार्टीका लागि कार्यनीति भनेको त्यस्तो सजिलो सियो हो, जसले धागोरुपी जनसंगठन मार्फत रंगीचंगी रणनीतिका फुलहरुलाई उनेर सुन्दर क्रान्तिको माला बनाउन सक्छ । त्यसैले, अहिले सम्मको उपलव्धिलाई संस्थागत गर्ने प्रश्नमा संविधानसभाको भुमिकालाई कसरी वुझ्ने ? भन्ने प्रश्न यक्ष प्रश्न हो । एउटा माओवादी विचार मान्ने पार्टी, संविधान सभामा तेस्रो शक्तिको रुपमा उपस्थित छ, र अन्य चाहीं निर्वाचनप्रति नै असहमति सहित विरोधमा रहेको अवस्था छ । वास्तवमा, संविधान सभाको जननी चाहीं माओवादी पार्टी नै हो । तर संविधानसभा भित्र माओवादी कमजोर अवस्थामा छ । त्यसर्थ संविधानसभा बाट अहिलेसम्म प्राप्त उपलव्धिहरु संस्थागत गर्ने भन्ने र संविधानसभाबाट तुरुन्तै वाहिरिनु पर्छ भन्ने विच टक्कर चलिरहेकै छ । अहिले, संविधानसभाबाट जनताको पक्षमा अधिकतम् अधिकार सहितको संविधान जारी गर्नका लागि, सडक र संविधानसभा वा तल र माथि दुवै तर्फबाट अधिकतम पहल गर्नुपर्ने आवश्यकता छ । त्यसैले संविधानसभाक वैद्यनिकतालाई आत्मासाथ गर्नेले संविधानसभा सहित सडक संघर्षका लागि मोर्चा बनाउनुपर्ने देखिन्छ र ईन्कार गर्नेहरुले संविधानसभाको भण्डाफेर गर्ने र सडकलाई नै निर्विकल्प संघर्षको मोर्चा बनाउनका लागि संयुक्त मोर्चा बनाउनुपर्ने आवश्यकता छ । यस्तो अवस्थामा, कार्यनीतिक अडानर्ल रणनीतिलाई नै बदल्न सक्ने सम्भावना पनि देखिन्छ । यसकारण अहिलेको संविधानसभाबाट संविधान जारी हुन्छ कि हुँदैन ? र जारी हुँदा कसरी हुनेछ ? भन्ने स्थितिले माओवादी पार्टीको दिशा निर्धारण हुने परिस्थिति आउन सक्छ । वस्तुगत परिस्थितिको ठोस अध्ययन र वैज्ञानिक विवेचना सहित आफैंले रणनीति र कार्यनीतिको विकास गर्न सक्नु माओवादी दायित्व हो । अन्यथा परिस्थितिको दास वन्नु चाहिँ नर्कको यात्रा सावित हुने देखिन्छ । khadka.bishal63@yahoo.com
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy