Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कांग्रेस मन्त्रीबीच भत्ता विवादमा झगडा

काठमाडौं , आफ्ना कर्मचारीलाई भत्ता दिने प्रस्ताव लैजाँदा वरिष्ठ कांग्रेसी मन्त्री आफ्नै साथीको लखेटाइमा परेका छन् । आजको जनआस्था साप्तााहिकमा खबर छ –बिहीबार मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले लगेको प्रोत्साहन भत्तावाला प्रस्ताव छलफलमा आउनासाथ कांग्रेसी मन्त्रीबीच झगडा चर्किएको हो । ‘हामीले केही कुरा माग्दा सकेसम्म नदिने, दिनै परे घटाउने, अनि आफूचाहिँ मनपरी गर्ने ? कटाएर ल्याउनू भनेर पहिले नै भनेको होइन ? किन जस्ताको तस्तै ल्याएको ?’ उनै मीनेन्द्र रिजाल यसरी पड्किएपछि वामदेवले पनि मसला थप्ने नै भए– ‘तपाईं एकातिर बजेट सकारात्मक छ भन्नुहुन्छ, अर्कातिर वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ ।’ रामशरण महतले के–के भनेर चित्त बुझाउन खोजे तर केही लागेन । भन्दै गए– हाम्रा कर्मचारीले लक्ष्यअनुसार राजस्व संकलन गरेका छन् । अझै उठाउन बाँकी छ, तिनको चित्त दुखाइयो भने मन लगाएर काम गर्दैनन् । राजस्व प्रशासनमा कार्यरत कर्मचारीलाई थप उत्प्रेरित गरी कार्यसम्पादनमा सुधार ल्याउन सरकारले ०६३ साल कात्तिक ३ गतेको निर्णयअनुसार पहिलोपटक परीक्षणका रूपमा ठूला करदाता कार्यालय र भन्सारतर्फ सुख्खा बन्दरगाहमा प्रोत्साहन प्रणाली सुरु गरेको हो । आर्थिक वर्ष ०६७/६८ देखि आन्तरिक राजस्व विभाग र भन्सारअन्तर्गतका सबै कार्यालयमा आधारभूत तलबमानको २ सय प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएछ । आव ०६८/६९ देखि भने यसलाई ५० प्रतिशतमा झारिएछ । अर्थमन्त्रीको दाबी थियो, ‘भत्ता दिन सुरु गर्नुअघि कूल कर राजस्व ७१ अर्ब १२ करोड संकलन हुने गरेकोमा ८ वर्षपछि ०७०/७१ मा ३११ अर्ब ८० करोड पुगेको छ । कर, राजस्वको ८ वर्षको औसत वृद्धिदर २३ दशमलव ८ प्रतिशत हो ।’ अब अर्थमातहत सबैतिर प्रोत्साहन भत्ता नकटाई शतप्रतिशत कायम गर्न उनले यसो भन्दै माग गरेका रहेछन् । तर, ढुकुटीको चाबी उनीसँगै भए पनि अरू मन्त्रीले एकमुख लाएर उक्त प्रस्ताव जस्ताको तस्तै लागू हुन दिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: