Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

जिल्लाभरिनै प्रमुखमा एउटै महिला उम्मेद्दवारि छैन : बझाङ

\"\"बझाङ, ३० जेठ । बझाङ जिल्लामा ठूला तथा साना दलले उम्मेदवारको टुङ्गो लगाए पनि स्थानीय तहको प्रमुख पदमा भने महिला उम्मेदवारको नाम समावेश छैन । स्थानीय तहको प्रमुखका लागि जिल्लामा महिलाको उम्मेदवारी शून्य छ । ठूला दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले महिलालाई प्रमुखको उम्मेदवार नबनाएर उपप्रमुखमै सीमित राखेका हुन् । साना दल नयाँशक्ति, राप्रपा, जनमोर्चालगायतका दलले ठूला दलसँग तालमेलको तयारी गरेकाले प्रमुख पदमा उम्मेदवार उठाएका छैनन् । दश गाउँपालिका र दुई नगरपालिका रहेको बझाङमा वडाध्यक्षमा समेत महिलालाई अध्यक्ष पदको टिकट दिइएकोे छैन । जिल्लाका प्रमुख तीन दलबीचको चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवार उठाउँदा पराजित हुने डर र महिलाले दबाब दिन नसक्दा प्रमुख पदको टिकट पाउन नसकेको महिला अधिकारकर्मी जयन्ती जोशीको भनाइ छ । एक त महिला आफैँमा आत्मविश्वास छैन अर्को कुरा राजनीतिक दलहरुको मानसिकता अझै पनि महिलाले केही गर्न सक्दैनन् भन्ने भएकाले महिलाले पार्टीको निर्णय स्वीकार्न बाध्य भएको उनले बताइन् । झन्डै २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकाले आफूभन्दा अग्रज नेतृत्वका अगाडि आफूले प्रमुखको टिकट नपाएको काँग्रेसबाट उपप्रमुख पदको उम्मेदवार अमृतादेवी सिंह बतांउछिन्। जयपृथ्वी नगरपालिकाको प्रमुख पदका लागि आफ्नो दाबी भए पनि आफूभन्दा अग्रणी व्यक्तित्वको योगदानका कारण पार्टीको निर्णय स्वीकार्नुपरेको र उपप्रमुखमा चित्त बुझाउनुपरेको उपप्रमुखका उम्मेदवार सिंहको गुनासो छ । आउँदो निर्वाचन सङ्घीय प्रणालीबाट हुन गइरहेकाले आफूलाई एक्कासि प्रमुख पदमा दाबी गर्न अप्ठ्यारो भएको सोही नगरपालिका एमाले उपप्रमुखका उम्मेदवार जुना जाग्रीले बताइन् । त्यस्तै माओवादी केन्द्र उपप्रमुखका उम्मेदवार सरिता खड्काको पनि भनाइ उस्तै छ, लामो समयपछि नयाँ ढङ्गले निर्वाचन हुन गइरहेको र सिंहदरबारको सेवा गाउँघरमा दिनुपर्दा सेवाग्राहीलाई भनेजस्तो सेवा दिन सकिँदैन कि भन्ने सोच आएकाले प्रमुखको दाबी नगरेको उनले बताइन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending