Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

स्वास्थ्य बिमा: पच्चिस सयको बिमा गर्दा पचास हजारसम्मको उपचार सेवा पाउने

\"\"चितवन, १ असार । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम आजबाट सुरु भएको छ । कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक रु दुई हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउने छन् । भरतपुर अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी सदस्यता दर्ता शुभारम्भ गरिएको हो । पाँचजनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रु १० हजार उपचार सेवा थपिने छ । पाँचजनासम्मका लागि रु ५० हजार अनिवार्य गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार सो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ । सरकारले निःशुल्क तोकेका औषधि र उपचार सेवा भने यसमा समावेश नहुने उनले बताइन् । जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, खैरहनी, जुटपानी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल र बघौडा अस्पतालबाट उक्त सेवा लिन सकिने उनकाे भनाइ छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पतालसहित देशका अन्य तोकिएका ठूला अस्पतालमा पनि रिफरल सेवा पाइने पौडेलले बताइन् । कार्यक्रममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका डा भुवन पौडेलले थपिँदै गएका नयाँ नयाँ रोगको जोखिमबाट सर्वसुलभ रुपमा उपचार पाउनका लागि सो कार्यक्रम प्रभावकारी हुने बताए। आउँदो असार मसान्तसम्ममा देशका १५ जिल्लामा उक्त कार्यक्रम लागू गरिने उनले बताएका छन् । आर्थिक वर्ष २०७२÷७३ मा कैलाली, बागलुङ र इलामबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम आजबाट चितवनमा पनि सञ्चालनमा आएको हो । आजैबाट भक्तपुर, जुम्ला र तनहुँमा पनि सो कार्यक्रम सुरु भएको उनले बताए । असारमा जाजरकोट, मकवानपुर र गोरखामा कार्यक्रम सुरु हुँदैछ । हालसम्म ८४ हजारभन्दा बढीले बिमा गरेका छन् भने करिब २५ प्रतिशतले सेवा लिइसकेका पौडेलले जानकारी दिइन् । कार्यक्रममा सांसद रामकृष्ण घिमिरे, कृष्णभक्त पोखरेल, विष्णुमाया परियार, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीलगायतले बिमा कार्यक्रमले गरिब नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । सक्नेले थोरै रकम तिर्ने र नसक्नेले निःशुल्क रुपमा उपचार पाउने सरकारी योजनाअनुरुप उक्त कार्यक्रम आएको उनिहरुको भनाइ थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies