Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

प्रवासीले गरे शान्ति कोषमा रु आठ लाख सहयोग

\"\"म्याग्दी, २ असार । ओमकुमारी शान्ति कोष म्याग्दीलाई बहराइनमा रहेका प्रवासीले रु आठ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । जटिल रोगबाट थलिएका गरिब र विपन्नको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापित उक्त कोषलाई म्याग्दी उद्धार समिति बहराइनको पहलमा रु आठ लाख ३७ हजार ५५५ उपलब्ध गराइएको हो । समितिका मानार्थ सदस्य खप्रसाद शेरपुञ्जा, व्यवस्थापन सहसचिव रमेश खत्री र सदस्य घनबहादुर कार्कीले कोषका अध्यक्ष राजेश शाक्यलाई बिहिवार सो रकम हस्तान्तरण गरेका थिए । समितिले संस्थागत रुपमा रु एक लाख, अध्यक्ष तेजेन्द्र थापाले रु एक लाख, हिरा पाइजाले रु एक लाख एक हजार, दग्नाम समाज बहराइनले रु साठी हजार, कोषाध्यक्ष विकास पाइजाले रु सत्तरी हजार, गोखर राम्जालीले रु ५५ हजार ५५५ र सल्लाहकार भरत रत्नले रु ५६ हजार सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारणले कोही पनि म्याग्देलीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्थापित कोषमा रु एक करोड ५० लाख पुर्याउने र त्यसको ब्याजबाट सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष राजेश शाक्यले बताएका छन् । बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवङ्गत भएकी बेनपा–४ की ओमकुमारी पुन (शान्ति) को सम्झनामा विसं २०७१ मङ्सिरमा स्थापित सो कोषले हालसम्म मुटु, मिर्गौला, रक्तक्यान्सर, हेपाटाइटिस बी, मलिग्रन्ट क्यान्सरलगायत जटिल रोगबाट थलिएका ३२ जना बिरामीलाई रु ७० लाखभन्दा बढी सहयोग जुटाएर उपलब्ध गराइसकेको बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending