Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

एक सभासद्लाई ५ कराेड !

काठमाडाैं, आगामी बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम पाँच करोड रुपैयाँ पुर्‍याउन सत्तासीन दलका सभासद्हरूले सरकारलाई दबाब दिन थालेका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७२/०७३ को बजेट बनाउन गृहकार्य थालेपछि सभासद्हरूले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा रकम वृद्धि गर्न लबिङ थालेका हुन्।
संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख चार पक्षका सभासद्सहितले आफ्नै नेतृत्वमा खर्च गर्न पाउने गरी निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा रकम बढाउन प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा.रामशरण महतलाई दबाब दिइरहेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयका उच्चअधिकारी भने गत वर्ष उक्त कार्यक्रमअन्तर्गत विनियोजित एक करोड रुपैयाँ नै परिणाममुखी नभएकाे भन्दै पाँच करोड दिन नहुने पक्षमा छन्।
अघिल्लो आर्थिक वर्षमा सभासद्हरूले प्रधानमन्त्री र अर्थमन्त्रीलाई सत्ता परिवर्तनको धम्कीसमेत दिएर निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत पाँच करोड रुपैयाँ छुट्ट्याउन माग गर्दै एक करोड विनियोजन गर्न बाध्य पारेका थिए।
अर्थमन्त्री डा. रामशरण महतले अघिल्लो वर्ष बजेट अभाव देखाउँदै सभासद्हरूको मागसमेत स बोधन हुनेगरी हरेक क्षेत्रमा एक करोड विनियोजन गरेका थिए।
संसद्को अर्थ समितिले समेत निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा रकम बढाई पाँच करोड रुपैयाँ बनाउन सरकारलाई निर्देशन दिने तयारी गरेको छ।
\'बजेट निर्माण प्रक्रियामा सरकार अघि बढ्नासाथ पाँचपाँच करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई निर्देशन दिने तयारीमा छौं\', समिति सभापति प्रकाश ज्वालाले भने।
विनियोजित रकमबाट सडक, सिँचाइ, खानेपानी, स्वास्थ्यजस्ता महत्त्वपूर्ण क्षेत्रमा लगानी गर्ने गरी योजना छनोट हुनुपर्ने निर्देशिकामा उल्लेख गर्न सरकारलाई समितिले थप निर्देशन दिने उनकाे भनाइ छ ।
\'एक गाविसका लागि ५० लाखसम्मको विकास खर्च छुट्ट्याउन सरकारलाई निर्देशन दिने पनि तयारीमा छौं\', उनले भने। ज्वालाले केही निर्वाचन क्षेत्रमा यस कार्यक्रमले सकारात्मक परिणाम दिन नसकेको स्वीकार्दै भने, \'राजनीतिक दलहरू राष्ट्र र जनताप्रति इमानदार हुनुपर्‍यो।\'
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम राजनीतिक रूपमा मात्र रहेको तथा यसमा विज्ञ र नागरिक समाजबाट सकारात्मक प्रतिक्रिया नआएको बताए।
\'एक करोडकै सदुपयोग नभएका बेला पाँच करोड विनियोजन गर्दा के होला?\' उनले भने। यसरी रकम छुट्ट्याउनुभन्दा राष्ट्रिय स्तरका आयोजनामा रकम छुट्ट्याउनु मुलुकको विकासका लागि उपयुक्त हुने उनकाे भनाइ छ । उनले भने,  \'म अर्थसचिव हुँदा आर्थिक वर्ष २०६९/०७० को बजेटमा यस शीर्षकमा रकम विनियोजन हुन दिएको थिइनँ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: