Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

माओवादीमा प्रवेश गर्नेको लहर

\"\"रोल्पा, ६ असार । रोल्पा नगरपालिकाका वडा नं ६ को अध्यक्षको उम्मेदवार अस्वीकार गरेका नेकपा एमालेका स्थानीय कार्यकर्ता पूर्णबहादुर वलीसहित आधादर्जन कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीहरुले मंगलबार कोटगाउँमा आयोजित चुनावी सभामा माओवादी केन्द्रका कार्यालय सदस्य वर्षमान पुन ‘अनन्त’ ले टिका लगाएर प्रवेश गराएका हुन् । वलीसँगै एमालेका कार्यकर्ताहरु प्रेम जिसी, ताराप्रसाद विक, कमल केसी र कुलवीर बाँठा पनि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जिसी एमालेबाट वडा सदस्यको उम्मेदवार अस्वीकार गरेका हुन् भने विक, केसी र बाँठा एमालेको इलाका सदस्य हुन् । एमालेको रोल्पा नगरपालिका वडा नं ६ को कमिटिले वलीलाई अध्यक्षको उम्मेदवारमा सर्वसम्मत प्रस्ताव गरेको थियो । तर, उनले आफूलाई एमालेको एजेण्डाप्रति वितृष्णा आएकोले एमालेमा बस्न मन नभएको भन्दै अध्यक्षको उम्मेदवार अस्वीकार गरेका थिए । उनले माओवादीको एजेण्डा मन परेकोले माओवादी केन्द्रमा प्रवेश गरेको बताए । ‘एमाले त जनताको पार्टी रहेन, मलाई कुनबेला एमाले छोडौं जस्तो भएको थियो, त्यहीं भएर वडा अध्यक्षको उम्मेदवार अस्वीकार गरेर बसिरहेको थिएँ’, उनले भने, ‘मैले जनताको एजेण्डा बोक्ने पार्टी माओवादी केन्द्रभन्दा अरु देखिन अनि माओवादीमा प्रवेश गरेँ।’ उनले माओवादी केन्द्रमा प्रवेश गर्न पाउँदा आफूलाई गौरव लागेको बताए । कार्यक्रममा माओवादी केन्द्रका कार्यालय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले रोल्पा नगरपालिकासहित १० वटै स्थानीय तहमा माओवादीले विजयी हाँसिल गर्ने बताए । ‘रोल्पामा माओवादी हार्नुपर्ने कुनै कारण छैन, म आवश्यक परे सम्पूर्ण विवरण सुनाउन सक्छु की माओवादी रोल्पाका १० वटै स्थानीय तहमा धेरै मतान्तरले विजयी हाँसिल गर्दैछ,’ चुनावी सभामा उनले भने, ‘अरु पार्टीहरु आत्मसम्मानका लागि निर्वाचन लड्दै छन्, माओवादी जित्नका लागि निर्वाचन लड्दैछ ।’ माओवादीले रोल्पामा चुनावी अभियानलाई तिव्र बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending