Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

चुनावबारे एमालेले निकाल्यो यस्तो विज्ञप्ति

\"\"काठमाडौं, ६ असार । नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको व्यापक दुरुपयोग गर्दै सत्तापक्षबाट भइरहेका तिकडमहरुप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेले निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा गरिएको बम विस्फोटप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरुको ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको ठाडो उल्लंघन गर्नेसम्मका क्रियाकलाप भएको एमाले महासचिव इश्वर पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ । गत असार ४ गते बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्न गइरहेको जुलुसमाथि आक्रमण गरेर सत्ताधारी नेपाली कांग्रेसका कार्यकर्ताले हाम्रा कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेका विज्ञप्तिमा उल्लेख छ् । विज्ञप्तिमा भनिएको छ ‘उक्त घटनामा संलग्न अपराधीहरुका विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्तासमेत गरिएको छैन भने अपराधमा संलग्न सबै जनालाई पक्राउ समेत गरिएको छैन । घटनामा संलग्नहरुलाई बचाउन प्रहरी–प्रशासनको चरम दुरुपयोग गरिएको छ ।’ बाँकेमा हाम्रो पार्टीले आमसभा गरिरहेको बेला अर्को सत्ताधारी दल माओवादी केन्द्रका कार्यकर्ताले नजिकै गएर माइकिङ गर्ने र उत्तेजना फैलाउने काम गर्दै सभा विथोल्ने दुस्प्रयास गरेका छन् । सोलुखुम्बुको नेचा–सल्यानटार गाउँपालिकामा नेपाली कांग्रेसका सांसदकै उपस्थितिमा हाम्रा कार्यकर्तामाथि हातपात गरिएको छ भने दार्चुलामा सत्तापक्षका कार्यकर्ताबाट कार्यकर्तामाथि आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending