Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

सेनाका क्याप्टेन र सशस्त्रका इन्सपेक्टरले माओवादी उम्मेदवारलार्इ दिए धम्कि

\"\"डोटी,८ असार । डोटीको बडी केदार गाउँपालिकामा निर्वाचन सुरक्षाका लागि कैलालीबाट परिचालन भएको नेपाली सेनाका क्याप्टेन र शसस्त्र प्रहरी बलका ईन्सपेक्टरले माओवादी केन्द्रका उम्मेदवारलाई धम्कि दिएका छन् । मंगलबार दिउसो ४ बजे नेपाली सेनाका क्याप्टेन ध्रुबबहादुर राणा र शसस्त्र प्रहरी बलका ईन्सपेक्टर धन सिंह महराले माओवादी केन्द्रका बडीकेदार गाउँपालिका अध्यक्षका उम्मेदवार जंग विक शैलेन्द्रलाई भेटेर धम्कि दिएका हुन् । जनयुद्धका बेला आफुले धेरै माओवादी मारेको, आफु गुण्डासमेत भएकाले जे पनि गर्न सक्ने र चुनाव जित्ने आधार के छ भनी धम्कि दिएपछि झडपको अबस्था सृजना भएको थियो । आफुले आफना कार्यकर्तालाई संयमित अपनाउन आग्रह गरेपछि अबस्था सामान्य बनेको समेत विकले बताएका छन् । सेनाको क्याप्टेन र शसस्त्र प्रहरीको ईन्सपेक्टरले भनेको कुरालाई हामीले सामान्य अबस्थामा लिएका छैनौं, योजनाबद्ध ढंगले परिचालन भएको र अप्रिय घटना घट्न सक्ने हुदा बडी केदार गाउँपालिकाको सुरक्षाका लागि खटिएका सेना र शसस्त्र प्रहरीलाई हटाउनु पर्ने विकले बताएका छन् । मलाई धम्की दिएकै दिन मैले गृहमन्त्रीलाई समेत जानकारी गराई सकेको र शसस्त्र प्रहरी बलका ईन्सपेक्टर महरालाई कैलाली फिर्ता बोलाई अर्को ईन्सपेक्टर खटाई सकेको र सेनाका क्याप्टेन राणा भने बर्छेनमै रहेको विकले बताए । निर्वाचन सुरक्षामा परिचालन भएका सुरक्षा अधिकृतले माओवादी उम्मेदवारलाई धम्कि दिएपछि चुनावी प्रचार-प्रसारमा संलग्न माओवादी कार्यकर्ताहरु आक्रोशित बनेका छन् । नेपाल सरकारले निर्वाचन भयरहित बातावरणमा स्वच्छ, निश्पक्ष, धाधलीरहित सम्पन्न गर्ने योजना अनुसार पहिलो घेरामा जनपथसहित म्यादी प्रहरी, दोस्रोमा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरेको हो । निर्वाचन सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षाका लागि बडी केदार गाउँपालिकामा पनि नेपाली सेना,शसस्त्र प्रहरी बल र जनपथ प्रहरीसहित म्यादी प्रहरी परिचालन गरेका छ । बडी केदारमा परिचालन भएको सुरक्षाकर्मीहरुको टोली बर्छेन डाँडामा क्याम्प स्थापना गरि बसेको छ । निर्वाचन सुरक्षाका लागि परिचालन भएका सेना र शसस्त्रका अधिकृतले उम्मेदवारलाईनै आफना सिपाही पठाएर खोजी गर्दै पठाउनु र जनयुद्धका बेला आफु धेरै माओवादी मारेको र आफुले चाहे जे पनि गर्न सक्ने भन्दै धम्कि दिनुले निर्वाचन भयरहित हुनेमा आशंका उत्पन्न भएको नेकपा माओवादी केन्द्र का डोटी जिल्ला संयोजक समेत रहेका विकले बताए । चुनावी प्रचारका क्रममा रहेका आफ्नो पार्टीका उम्मेदवारलाई सिपाही पठाएर खोज्न लगाई भेटेर धम्कि दिनु आपत्तिजनक घटना भएको र नेपाली सेनाका क्याप्टेन र शसस्त्र प्रहरीका ईन्सपेक्टरलाई कारवाही गरि शान्ति सुरक्षाको ब्यवस्था मिलाउन सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराई सकेको माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी जिल्ला ईन्चार्ज त्रिलोचन भट्टले खबरडबलीलार्इ जानकारी दिए । घटनाबारे जानकारी लिन मुख्य जिल्ला निर्वाचन अधिकृत नरनारायण पौडेलसंग टेलिफोन सम्पर्क गर्दा सो घटनाबारे आफुलाई जानकारी नभएको र सोबारे जिल्ला प्रहरी कार्यालयसंग जानकारी लिई आवश्यक सुरक्षा ब्यबस्था मिलाउने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending