Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

स्वस्थ्य चौकीमा छैन जीवनजल र सिटामोल: सर्वसाधारण मर्कामा

\"\"जाजरकोट, १५ असार । यहाँको नलगाड नगरपालिका–१३ भगवती औलगुर्ताका रती कामी ज्वरो आएर हैरान भएर उपचारका लागि स्थानीय भगवती स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नपाएपछि निरास भएर फर्किनुभयो । यहाँ सधैँ औषधिको अभाव भइरहन्छ । सामान्य खालका बिरामीको समेत उपचार हुँदैन उनले भने, “सरकारले निःशुल्क दिने भनेको औषधि कहिल्यै पाइँदैन । हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकासको फल आँखा तरी मरजस्तै भएको छ ।” अर्का स्थानीय प्रेम वस्नेतले पनि सामान्य खालका औषधि समेत स्वास्थ्य चौकीमा नपाउने गरेको बताएका छन्। स्वास्थ्य चौकीमा जीवनजल समेत नभएको उनको भनाइ छ । “पखाला लागेर आमालाई स्वास्थ्य संस्था लगेको थिए तर त्यहाँ जीवनजल नै रहेनछ ।” उनले भने यो औषधि र स्वास्थ्यकर्मी अभाव भइरहने दुर्गमको स्वास्थ्य चौकी हो । भगवती स्वास्थ्य चौकीका स्वास्थ्य व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमर शाहीले पनि स्वास्थ्य चौकीमा प्राय प्रयोगमा आउने औषधि नभएको जानकारी दिए । शाहीले भने राज्यको उदासीनता र उपेक्षाले गर्दा उपचारका लागि आउने सर्वसाधारण निःशुल्क पाउनुपर्ने औषधिसमेत नपाएर रित्तै फर्कन बाध्य छन् । सुगमका स्वास्थ्य संस्थामा मात्र औषधि पठाउने तर दुर्गम तथा दूरदराजका स्वास्थ्य संस्थामा सधैँ यस्तै समस्या भइरहने उनको भनाइ छ । “राज्यले निःशुल्क दिने भनेको औषधि नपाउँदा स्थानीय झारफुक र जडीबुटीको साहारा लिन बाध्य छन् ।” डोल्पा जिल्लासँग सिमाना जोडिएको साविकको भगवती गाविसको औलगुर्तामा रहेको यो स्वास्थ्य चौकी जिल्लाकै सबैभन्दा दुर्गम स्थानमा पर्दछ । स्वास्थ्य संस्थाबाट सरकारले ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको दाबी गरे पनि जाजरकोटको भगवतीलगायतका ३१ वटा स्वास्थ्य चौकीमा कहिल्यै सबै प्रकारका औषधि पुगेको पाइँदैन । दुर्गमका बासिन्दा सामान्य रोगको उपचारका लागि पनि हजारौँ खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यतामा छन् । सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने उद्वघोष गरे पनि जाजरकोटका दुर्गम बस्तीका नाम मात्रका यी स्वास्थ्य चौकीमा यतिबेला सिटामोल, जीवनजल, स्क्रयाबिज, एसिलक, एमजिटलगायतका अत्यावश्यक औषधि नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक अरुणकुमार यादवले औषधिको अभाव नभए पनि पर्याप्त नभएको जानकारी दिए। केही अत्यावश्क औषधिको अभाव भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयमा माग गरिएको र अस्तव्यस्त अवस्थामा रहेको स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सुधार ल्याउने प्रयास भइरहेको बताएका छन् । तर जिल्ला जनस्वास्थ्य प्रमुख धीरजङ्ग शाहले जिल्लामा औषधिको अभाव नभएको बताउँदै मागको आधारमा औषधि आपूर्ति गर्ने गरिएको बताउँछन् । उनले औषधिको स्टक सकिएका स्वास्थ्य संस्थाले तत्काल औषधि माग गरेर लिन निर्देशन दिएको पनि जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies