Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

जनस्वास्थ्य कार्यालयको भवन निर्माण सम्पन्न

\"\"म्याग्दी, १९ असार । म्याग्दीको बेनीमा करिब रु दुई करोडको लागतमा जनस्वास्थ्य कार्यालयको भवन निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत रु एक करोड ८७ लाखको लागतमा २० कोठे भवन निर्माण गरेको हो । २०७० असोजमा २०७२ असार मसान्तसम्म सक्ने लक्ष्यसहित भवन निर्माण सुरु भएको थियो । लक्ष्यभन्दा दुई वर्ष ढिला निर्माण भएको तीन तले भवन गत हप्ता हस्तान्तरण भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले बताएका छन्। भूकम्प प्रतिरोधी क्षमताको सो भवनको भुइँ तला अपाङ्गमैत्री छ । भूकम्प, नाकाबन्दी र मजदुर अभावका कारण भवन निर्माणमा ढिलाइ भएको कम्पनीका प्रतिनिधिको भनाइ छ । यसैबीच सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बेनी अस्पतालको ५० श्यया क्षमताको भवन निर्माण सुरु गरेको छ । रु १८ करोड १९ लाखमा ठेक्का सम्झौता गरेको रफिना–गल्वा–महादेव खिम्ती जेभीले भवन निर्माणका लागि प्रारम्भिक काम सुरु गरेको हो । सम्झौताअनुसार तीन वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल अस्पतालले प्रयोग गरिरहेको भवन रहेको ठाउँमा नयाँ भवन निर्माण हुन लागेको हो । अस्पताल परिसरको खाली जग्गामा अस्थायी भवन र जनस्वास्थ्य कार्यालयको भवनबाट सेवा सञ्चालन गरिने अस्पताल विकास समितिका अध्यक्ष माधव रेग्मीले बताए । रु ६५ लाखमा ठेक्का पाएको शेर्पा कन्ट्रक्सनले दुई वटा अस्थायी भवन बनाउन सुरु गरेको छ । भदौ अन्तिमसम्म अस्थायी भवन निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ । अस्थायी भवन तयार पारेपछि पुरानो भवन भत्काएर नयाँ निर्माणको काम सुरु हुने जनाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy