आषाढ़ २२ गते, २०७४ बिहिवार 6th July, 2017 Thu०८:३१:३३ मा प्रकाशित
काठमाडौं, २२ असार। विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कांग्रेस महासमिति सदस्य ऋषिकेशजंग शाह पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले उनीलगायत चारजनालाई पक्राउ गरेको हो । अमेरिका र जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले शाहलाई पक्राउ गरेको हो । उनीविरुद्ध एक करोड ८६ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
अाजको नयाँ पत्रिकामा खबर छ– प्रहरीले शाहसहित रक्षा वैद्य, सुनील प्रजापती, महेश्वर राउतलाई पक्राउ गरेको छ । वैद्य र प्रजापती श्रीमान्-श्रीमती हुन् । जिल्ला अदालत काठमाडौंबाट बुधबार प्रहरीले चारैजनालाई ठगी मुद्दामा थुनामा राख्ने म्याद लिएको छ । उक्त ठगी घटनाको अनुसन्धान प्रारम्भिक चरणमै रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । शाह नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् ।
सुरुमा पीडित, पछि अभियुक्त
कांग्रेस नेता शाह आफैँले एक वर्षअघि अपराध महाशाखामा आफू ठगिएको भन्दै उजुरी गरेका थिए । रीता वैद्यको आफूलाई ठगी गरेको भन्दै उजुरी परेको थियो । त्यसवेला वैद्य भारत भागेकी थिइन् । जसकारण प्रहरीले पक्राउ गर्न सकेन । हालै नेपाल आएको खुलेपछि महाशाखाको टोलीले पोखराबाट उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न शाहले नै प्रहरीमा दबाब दिएका थिए ।
‘वैद्यलाई पक्राउ गरेर अनुसन्धान गर्दा घटनाको कथा मोडियो,’ अनुसन्धानमा आबद्ध महाशाखाका एक अधिकारीले भने, ‘उठाएको भन्दै करिब ७० लाख शाह आफैँले राखेको देखियो । जस कारण उनी पनि अनुसन्धानमा तानिएका हुन् ।’ वैद्यले एक करोड १५ लाख रुपैयाँ लिएको र बाँकी पैसा शाहले नै राखेको बताइन् । अनुसन्धानले पनि केही पैसा उनले नै राखेको खुलेपछि उनी पीडितबाट अभियुक्त बनेका हुन् । शाहले भने प्रहरीले आफूलाई फसाएको आरोप लगाएका छन् ।
शाहले नै विभिन्न व्यक्तिलाई अमेरिका पठाइने भन्दै २-२ लाखका दरले पैसा र पासपोर्ट बुझाएका थिए । जुन कुरा शाहले स्विकारेका छन् । अवैध रूपमा विदेश पठाउने भन्दै पैसा उठाउनुले नै घटनामा उनको संलग्नताको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन् ।
पीडितसमक्ष वैद्यलाई उनले अमेरिकी दूतावासमा काम गर्ने केटी भन्दै चिनाएका थिए । ठगीको उद्देश्यले नै वैद्यलाई दूतावासको कर्मचारी बनाएर भ्रममा पारी पैसा लिइएको प्रहरीले जनाएको छ ।
बुधबारसम्म १० जनाले उनीहरुविरुद्ध ४ उजुरी दिएका छन् । उनीहरूबाट करिब एक सय जना पीडित रहेको प्रहरी आँकलन छ । शाह पीडित बनेरै बुधबार महाशाखा पुगेका थिए । तर, अनुसन्धानका क्रममा ठगीमा उनकै संलग्नता देखिएपछि प्रहरीले हतकडी लगाएको हो । तत्कालै अदालतबाट म्याद थप गरेकाले नेताहरूले छुटाउन दबाब दिए पनि उनी छुट्न सकेनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: