Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पाठेघर दुईटुक्रा भएकी सुर्पनाले पाइन पुर्नर जन्म

\"\"जुम्ला, २२ असार । सुर्पना हमाल अहिले अस्पतालको श्ययामाथि जीवनको लामो सास लिइरहेकी छन् । सातौँ गर्भ बोकेकी हमालले अन्तिम बच्चा पाइन् तर पाठेघर फुटेर दुई टुक्रा भई अत्यधिक रक्तस्राव हुँदा झन्डै मृत्युको मुखमा पुगिन् । मृत्युको मुखमा पुग्नै लागेकी उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक विनोद अर्याल नेतृत्वको टोलीले पुनर्जन्म दिएको छ । ३५ वर्षीया सुर्पना हमाल तिलागुफा गाउँपालिका–३ फोइमहादेव कालीकोट जिल्लाकी हुन् । चिकित्सकले सुत्केरी हुने भनेर दिएको समयभन्दा दुई हप्तापछि आइन् उनी । मङ्गलबार बिहान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेकी उनलाई बेलुका ६ बजे व्यथा लागेको र ८ः३० बजे बच्चा जन्मेको डा अर्यालले बताए। “उनको बच्चा जन्म्यो तर थाम्नै नसकिने गरी पाठेघरबाट रगत अत्यधिक मात्रामा बग्न थाल्यो । यो दृश्यले हामीलाई निकै बिचलित बनायो,” डा अर्यालले भने । उनले भने, “पाठेघरदेखि भित्रसम्म फुटेको रहेछ, रगत थाम्नलाई हामी प्रतिष्ठानका चिकित्सक, विद्यार्थी सबै लाग्यौँ र पाठेघर पनि काटेर फाल्यौँ ।” त्यो अवस्था देख्दा आफूहरुले उनी बाँच्छिन् भन्ने आशा पाँच प्रतिशत मात्र राखेको उनको भनाइ थियो । चिकित्सक र विद्यार्थीले नै रगत दिए डा अर्यालका अनुसार सुर्पनाको शरीर रगत सकिएर सेतो भइसकेको थियो । डा अर्यालसँगै उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकद्वय रमेश भट्टराई र राजीव शाहले शुरुमा रगत दिएसँगै त्यहाँ अध्ययनरत विद्यार्थीले पनि उनलाई रगत दिए । एकातिर रगत अर्कोतिर अक्सिजन दिँदै गर्दा राति २ बजिसकेको र त्यतिबेलासम्म उनी होसमा नआएको डा अर्यालले जनाए । तथापि आधा घन्टाभित्र नै सुर्पनालाई नौ पिन्ट रगत चढाइएको उनको भनाइ थियो । रक्तदाता सेना र प्रहरी सुर्पनाले पुनर्जन्म पाउनुमा विगतदेखि रक्तदान गर्दै आएको नेपाली सेना र नेपाल प्रहरीको पनि यतिबेला पनि ठूलो योगदान रह्यो । उनको जीवन बचाउन भगवती दल गण जुम्लाका जवानसँगै गणपति सुशीलकुमार थापाले पनि रक्तदान गरे । सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीको टोली पनि रातको बीचमा रक्तदान गर्न त्यहाँ पुग्यो । चिकित्सक, नर्स, विद्यार्थी सहितको प्रतिष्ठान परिवार, सेना, प्रहरीको समुल प्रयासबाट दिइएको १४ पिन्ट रगतबाट उनले पुनर्जन्म पाएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । पाठेघर दुई टुक्रा भएर जीवन मरणको अन्तिम अवस्थामा पुगेकी एउटी आमाको जीवन बचाएर बाल भविष्य सुरक्षित गर्ने चिकित्सक, नर्स, विद्यार्थी, सेना र प्रहरी सबैको प्रयासप्रति गर्व गर्दै रजिस्ट्रार काफ्लेले हार्दिक धन्यवाद पनि ज्ञापन गरेका छन् । चिकित्सक अर्यालले उनको अवस्था अहिले सामान्य रहेको जनाउनु भएको छ । उनका श्रीमान् जयबहादुर हमालले प्रतिष्ठानमा नपु¥याएको भए श्रीमती र छोरा दुवैको ज्यान अकालमा जाने बताए । प्रतिष्ठानले यति ठूलो काम गर्छ भन्ने नबुझेका उनले मृत्युको मुखमा पुगेकी श्रीमतीलाई जीवन दिने सबैलाई भगवान्को सङ्ज्ञा दिए । प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्व शाहीले कर्णालीका दर्जनौँ नागरिकको जीवनदाता बनेर नेपाली सेनाले ठूलो गुण लगाएको जनाए । उनका अनुसार प्रतिष्ठानका अधिकतम जटिल घटनाको सारथी नेपाली सेना बन्दै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending