Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

अस्पताल सुधार्न खोज्दा सरुवाको धम्की

\"\"भक्तपुर, २३ असार । अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएकोको सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले बताएकी छिन् । डा हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आउनुभएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घन्टा सेवा दिने निर्णय गरेपछि सरुवाको धम्की आएको बताएकी हुन् । अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ११ बजे आएर २ बजेपछि क्लिनिक जाने यहाँका चिकित्सकलाई पूरै समय अस्पतालमा रहेर सेवा दिन आग्रह गर्दा डा सरिता श्रेष्ठ र डा जमुना किरण पौडेलले उल्टै कर्मचारीको हस्ताक्षर गराएर सरुवा गर्ने धम्की दिएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार आमा सुरक्षा कार्यक्रम अन्तर्गत २४ सै घन्टा प्रसूति सेवा दिनेगरी आउनुभएकी डा पौडेल भक्तपुर अस्पतालमा केही घन्टा मात्रै बसेर अन्य समय गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा नियम विपरीत गएर सेवा दिएपछि सुपरिटेन्डेन डा देवकोटाले २४ सै घन्टा सेवा दिन निर्देशन दिएकी थिइन् । क्वार्टरको सुविधा लिएर अस्पतालकै सवारी साधनको समेत दुरुपयोग गरी अन्यत्र गएर सेवा दिएको पाइएपछि त्यसलाई रोक्न खोज्दा विवाद भएको प्रशासनको भनाइ छ । त्यसैगरी अस्पतालमा सातामा दुई दिन आएर ६ दिनको हाजिर गर्दैआउनु भएकी अर्का डा सरिता श्रेष्ठलाई प्रत्येक दिन अस्पतालमा सेवा दिन डा देवकोटाले निर्देशन दिंदा विवाद चर्किएको थियो । प्रशासन कर्मचारीकाअनुसार सातामा दुई दिन अस्पतालमा आउने र अन्य दिन निजी क्लिनिकमा जाने गरेकी डा श्रेष्ठले एकै पटक छ दिनको हाजिर गर्दा पनि प्रशासन प्रमुख मौन बसेकाले समस्या आएको हो । मेडिकल सुपरिटेन्डेन्टमा डा देवकोटा आएपछि डा श्रेष्ठलाई पूरै समय भक्तपुर अस्पतालमा सेवा दिन निर्देशन दिएकामा उहाँले सरुवाको धम्की दिएपछि दुई जनाबीच बोलचाल नै बन्द भएको प्रशासनका कर्मचारीको भनाइ छ । विवादबीच डा पौडेल र डा श्रेष्ठले केही दिनयता अस्पतालमा थप समय काम गर्न थालेपनि अस्पतालमा कर्मचारीबीच नै बोलचाल बन्द हुँदा व्यावहारिक समस्या भएको कर्मचारीको गुनासो रहेको छ । केही चिकित्सक र कर्मचारीको मिलेमतोमा ल्याबलगायतका विभिन्न परीक्षण एवम् एक्सरेका लागि बाहिर क्लिनिकमा पठाउने र यहीँ उपचार हुने रोगको समेत उपचार नगरी निजी अस्पतालमा पठाउँदै आएकामा अहिले त्यसलाई रोकेर अस्पताल मै सेवा दिन सुरु गरेको अस्पतालको दाबी छ । अहिले एक्सरे, ल्याब, फार्मेसी, प्रसूति र आकस्मिक सेवालाई २४ सै घन्टा सञ्चालनमा ल्याइएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा देवकोटाले अस्पतालको सेवा सुधार गरेको दाबी गर्दै भनिन्–“अहिले सबै चिकित्सकलाई नियमित गराएको छु, काम नगरी निजी क्लिनिक जाने चिकित्सकलाई यहाँ नियमित गराएको छु, ओपिडी सेवालाई विस्तार गराएको छु, राति पनि अस्पतालमा चिकित्सकलाई अनिवार्य बस्ने व्यवस्था गरेको छु ।” अस्पतालको सेवालाई सुधार्न खोज्दा सरुवा गर्ने धम्की आए पनि त्यसको पर्वाह नगरी काम गरेको बताउँदै उनले यहाँ उपचार हुनै नसक्ने बाहेक अरु बिरामीलाई बाहिर नपठाउने र रिक्त रहेको जनशक्ति पठाइदिन स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको बताइन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले केही समयभित्रै अस्पतालमा आईसियु सेवा समेत सञ्चालन गर्ने तयारी गरेको बताउँदै अस्तव्यस्त रहेको अस्पतालको सेवालाई सुधार्दै नमुनाको अस्पताल बनाउने प्रयास भएको बताइन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending