Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कुलमानको प्रस्तुति : कोलकातादेखि दोलालघाटसम्म पानीजहाज

\"\"काठमाडौं, २५ असार । नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार गरेको गुरुयोजनामा भारतको कलकाताबाट कोसी बेसिन हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने उल्लेख भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। आजको नयाँ पत्रिकामा खबर छ– रामेछाप–काठमाडौं पत्रकार समाजले राजधानीमा शनिबार आयोजना गरेको ‘नेपालमा जलविद्युत्को सम्भावना र चुनौती’ विषयक छलफलमा घिसिङले प्रतिबद्धता गरे अपलिफ्टिङ प्रविधिमार्फत पानीजहाज ल्याउन सम्भव रहेको बताए । ‘जलस्रोत व्यवस्थापनका विषयमा राज्यले सन् १९८५ मार्चमा जाइकाबाट गुरुयोजना तयार पारे पनि त्यसमा आधारित भएर खासै काम भएको छैन,’ उनले भने । सप्तकोसी करिडोरमा मात्रै २५ हजार मेगावाट विद्युत् क्षमताको सम्भावना छ । तर, त्यसको विकासका लागि काम नभएको उनको भनाइ छ । जाइकाले प्रारम्भिक रूपमा धेरै अघि अध्ययन गरेकाले पुनः अध्ययन गर्दा आयोजनाको क्षमता अझ वृद्धि हुने उनले बताए । विशेष गरी सुनकोसी १, २ र ३ तथा दूधकोसी आयोजनाको विस्तृत परियोजना गर्दा क्षमता वृद्धि गर्न सकिने उनेको भनाइ छ । अध्ययन प्रतिवेदनअनुसार चतरादेखि दोलालघाटसम्म नै जलासययुक्त आयोजना बन्नेछन् । ‘जलासययुक्त आयोजना ‘क्यासकेटिङ इफेक्ट’ अनुसार बन्नेछन् । क्यासकेटिङ इफेक्ट भन्नाले एउटै नदीको तल्लो भागमा एउटा जलासययुक्त आयोजना बन्छ । त्यसलाई जोड्ने गरी त्यसमाथि अर्को आयोजना बन्दै जाने प्रणाली हो,’ घिसिङले भने । घिसिङ प्रबन्ध निर्देशक भएपछि राजनीतिक नेतृत्वलाई यस विषयमा ध्यानाकर्षण गराइसकेका बताए । यही योजनाअनुसार सुनकोसी दोस्रो र तेस्रोको प्रि–फिजिविलिटीको काम अगाडि बढिसकेको उनले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending