Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

धुलिखेल–पनौतीसम्म साझा बस सञ्चालन तयारी

\"\"काठमाडौं, २५ असार । भक्तपुर र काभ्रेको सिमाना साँगा भज्यांगसम्म साझा यातायात सञ्चालनमा आएसँगै यसलाई धुलिखेल–पनौतिसम्म सञ्चालन गर्ने तयारी सुरु भएको छ । काभ्रेका तीनवटा नगर धुलिखेल, बनेपा र पनौतीका जनप्रतिनिधिले त्यस्तो प्रयास थालेका हुन् । काभ्रेका तीनवटै नगरका प्रमुखले साझा यातायातलाई कसरी काभ्रेमा भित्र्याउन सकिन्छ भनेर पहल गरेको बताए । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जूले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसँग धुलिखेलसम्म साझा कसरी ल्याउन सकिन्छ भनेर छलफल चलाएको बताए । अाजको राजधानी दैनिकमा खबर छ– जनताका लागि सीधा र सरल रूपमा यातायात कसरी सञ्चालन गर्न सकिन्छ भनेर मेरो प्रयास रहेको छ । साँगासम्म आएको साझा यातायातलाई धुलिखेलसम्म ल्याउन साझासमेत सकारात्मक देखिएको ब्यान्जूले बताए । उनले अब धुलिखेल नगरपालिका, स्थानीय यातायात व्यवसायीसँगको समन्वयमा सबैको साझा लगानीमा साझा यातायात सञ्चालन गर्न सकिने दीक्षितले बताएको पनि सुनाए । ब्यान्जूले साझालाई कसरी धुलिखेलसम्म ल्याउन सकिन्छ भन्नेबारे आफू लागेको र सबैको अपनत्व हुने तरिकाले साझालाई धुलिखेलसम्म ल्याउने बताए । पनौती नगरपालिका प्रमुख भीम न्यौपाने आम जनताको आवश्यकता र चाहनाअनुसार काम गर्ने भएकाले जनताले साझा यातायात चाहेको र आवश्यकता समेत रहेकाले आफूहरूले साझालाई पनौतीसम्म कसरी ल्याउन सकिन्छ भनेर तयारी थालेको बताए । साझाले दिएको सुविधाले सबैलाई आकर्षण गरेकाले आफूहरू साझालाई पनौतीमा कसरी ल्याउने भनेर छलफलमा जुटेको न्यौपाने बताउँछन् । ‘हामीले साझासँग पहिलो चरणको कुरा गरेका छौं, सबैको साझा लगानीमा हामीले पनौतीसम्म कसरी साझालाई चलाउन सकिन्छ भनेर तयारी थालेका छौं,’ प्रमुख न्यौपानेले सुनाए । साँगासम्म साझा सञ्चालन भएकाले अब पनौतीसम्म ल्याउन सकेनाैं भने काठमाडौंसँगको दूरी समेत टाढा हुने भएकाले साझालाई जसरी भए पनि पनौतीसम्म ल्याउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy