Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

माओवादीलाई बाबुरामको धक्का

\"\"काठमाडौं, २५ असार । डा. बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपरेको छ । गोरखा, रसुवा, धादिङ, लमजुङ, सिन्धुली र पूर्वका केही पहाडी जिल्लामा नयाँ शक्तिकै उम्मेदवारीका कारण माओवादी पराजित हुन पुग्यो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– पहिलो चरण निर्वाचन भएका गोरखाका आठ, रसुवाका तीन, धादिङका दुई तथा लमजुङ र सिन्धुलीका एक एक तहमा बाबुराम भट्टराईको पार्टीका कारण हार्नुपरेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ । त्यस्तै, दोस्रो चरणमा पनि मोरङ, धनकुटा, ताप्लेजुङलगायत पूर्वीपहाडी जिल्लाका १० भन्दा बढी स्थानीय तह नयाँशक्तिकै कारण गुमाउनुपरेको माओवादी नेताले बताएका छन् । ‘बाबुरामजीको पार्टी त्याग र उहाँको पार्टीका कारण माओवादीले स्थानीय चुनावमा घाटा व्यहोरेको छ,\' माओवादी केन्द्रका नेता हितराज पाण्डेले भने, ‘बाबुरामजीले पार्टी नछाडेको भए गोरखा, रसुवालगायत जिल्लाका प्रायः स्थानमा हामी सजिलै जित्न सक्थ्यौं ।\' स्थानीय निर्वाचनको समीक्षाका लागि माओवादी केन्द्रले २ साउनमा पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ । जित-हारको कारण माओवादीले त्यही बैठकबाट खोजी गर्ने प्रवक्ता पम्फा भुसालले बताइन् । ‘कतिपय स्थानमा आन्तरिक कारणले पनि पार्टीको परिणाममा धक्का लागेको देखिन्छ,\' भुसालले भनिन्, ‘समग्र पक्षको समीक्षा बैठकमै खोजी गर्छौं ।\' जित्ने आकलन गरिएका गोरखाका पालुङटार नगरपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, सिरानचोक गाउँपालिका, भीमसेन गाउँपालिका, रसुवाको कालिका गाउँपालिकालगायत स्थानीय तह माओवादी केन्द्रले गुमाएको छ । यी स्थानमा माओवादी केन्द्र र बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिका उम्मेदवारले प्राप्त गरेको मत जोड्ने हो भने विजेताको भन्दा बढी हुन्छ । त्यस्तै, गोरखाकै चुमनुव्री र अजिरकोट, धादिङको नेत्रावती, गजुरी, रसुवाकै नौकुण्डलगायत स्थानीय तह पनि माओवादीले गुमाएको छ । माओवादी केन्द्र र नयाँ शक्तिका उम्मेदवारले प्राप्त गरेको मतको योगफलभन्दा थोरै मतान्तरमा यी क्षेत्रमा अन्य दल कांग्रेस र एमालेले निर्वाचन जितेका छन् । ‘हामी विभाजनलाई जनताले रुचाएनन् भन्ने कुरा स्थानीय तहको चुनावी परिणामले देखाएको छ, हामी कतिपय स्थानमा दुई पार्टीका उम्मेदवारको मत जोड्ने हो भने विजेता उम्मेदवारको भन्दा बढी देखिन्छ, कहीँ थोरै मतान्तरमा मात्र पछि परेका छौं,\' चुनावी परिणामको समीक्षा सुनाउँदै नेता पाण्डेले भने, ‘थोरै कम देखिएका स्थान पार्टी एक भएको भए जितिन्थ्यो । यस हिसाबले हेर्दा हामीले कतिपय स्थान जित्दाजित्दै पनि गुमाएका छौं ।\' नयाँ शक्तिका नेता कुमार पौडेल पार्टी विभाजनले दुवै पार्टीलाई घाटा पुर्‍याएको बताउछन् । ‘हाम्रा कारण माओवादी केन्द्र र माओवादी केन्द्रका कारण हामी निर्वाचनमा हारेका दर्जनभन्दा बढी उदाहरण छन्,\' पौडेलले भने, ‘त्यसको फाइदा कांग्रेस-एमालेले उठाएका छन् ।\' उनले अब २ नम्बर प्रदेशको स्थानीय र प्रदेश तथा संघको निर्वाचनमा दुवै पार्टीलाई चुनावी तालमेल गरेर जान अहिलेको निर्वाचनले पाठ सिकाएको बताए । ‘चुनावी तालमेल गरेर अघि बढ्नुपर्छ भन्ने सन्देश अहिलेको परिणामले दिएको छ,\' पौडेलले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending