Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

स्थानीय तहको बजेट आज आउँदै, यसरी हुँदैछ बजेट प्रस्तुत

\"\"काठमाडौँ, २५ असार । स्थानीय तह निर्वाचन सम्पन्न भएका अधिकांश स्थानीय तहले आज पहिलो स्थानीय बजेट सार्वजनिक गर्ने भएका छन् । स्थानीय तहहरुले वर्षभरि हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट सार्वजनिक गर्ने भएका छन्। यसअघि नै मन्त्रालयले असार ३० गतेसम्म बजेट सार्वजनिक गरीसक्नुपर्ने निर्देशिका जारी गरेपछि जनप्रतिनिधि छनोट भएका स्थानीय तहले स्थानीय व्यवस्थापिका गाउँ र नगर सभामा पेश गर्दैछन् । यसरी गाउँ र नगर सभामा पेश भएको बजेट असार मसान्तसम्म पास गरिसक्नु पर्ने प्रावधान छ । निर्वाचन नभएका स्थानीय तहमा भने अन्तरिम खाका पेश हुने संघीय मामिला तथा स्थानीय विकासमन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जनाएका छन् । यसरी हुन्छ बजेट प्रस्तुत संसदमा जस्तै सथानीय तहले गाउँसभा या नगरसभामार्फत वर्षभरीको अनुमानित बजेट तयार गरिन्छ । यसरी तयार गरेको बजेट स्थानीय तहको प्रमुख वा उपप्रमुख अथवा सदस्यले सभामा पढेर सुनाउनेछन् । बजेट बनाउँदा आम्दानी, खर्च, स्थानीय स्तरमा हुने राजश्व संकलन, वित्तिय व्यवस्थापन लगायतका विषयलाई समेट्न पाउनेछन् । यस्तै सडक, विजुली, खानेपानी लगायतका विषय र बजेटमा सरकारले दिने आम्दानीका श्रोत पनि समेट्नुपर्नेछ । यस्तो छ मन्त्रिपरिषदको आदेश मन्त्रिपरिषदको गत जेठ १७ को निर्णय अनुसार संविधानको धारा ३०२ को उपधारा १ बमोजिम यस्तो आदेश जारी गरेको हो । आदेशमा स्थानीय तहको कार्यसञ्चालन र सेवा प्रवाह, गाउँ कार्यपालिकाको उपाध्यक्ष वा नगरपालिकाकाको उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको काम कर्तव्य र अधिकार, प्रशासन तथा कर्मचारीको व्यवस्था, आर्थिक प्रशासन, योजना तथा आयोजना सञ्चालन एवं व्यवस्थापन,कर तथा राजश्व, सम्पति हस्तान्तरण, सहजीकरण तथा समन्वयलगायतका अधिकार प्रत्यायोजन गरिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending