Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

मन्त्री छैनन् सिंहदरबारमा, सचिव पनि विदेश भ्रमणमा

\"\"काठमाडौं, २६ असार । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरू भेटिन छाडेका छन् । एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ । विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरू पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सक्न उच्चपदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन् । प्रधानमन्त्री कार्यालयकै सचिव विदेशमा प्रधानमन्त्री कार्यालयका एक सचिव र सहसचिव यतिखेर विदेशमै छन् । सचिव रामकुमार आचार्यसहितको एउटा टोली हालै विदेश भ्रमणमा गएको छ । उनी केही दिनअघि मात्रै विदेशबाट फर्किएका थिए । अरू तीन–चारवटा टोली पनि भ्रमणको तयारीमा रहेको स्रोतले जनाएको छ । यी हुन् धेरैपटक विदेश भ्रमण जाने सचिव प्रधानमन्त्री कार्यालयका कानुनसचिव राजीव गौतम पटक–पटक विदेश भ्रमण गर्ने सचिवमा पर्छन् । केही समयअघि विदेशबाट फर्किएका उनी पुनः विदेश जाने सूचीमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । खासगरी प्राविधिक मन्त्रालयका सचिव, सहसचिवहरू सबैभन्दा बढी विदेश भ्रमणमा जाने गरेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरू सरकारी कामकै सिलसिलामा बढी विदेश जाने गरेका छन् । जसअनुसार धेरैपटक विदेश जानेमा परराष्ट्रसचिव शंकरदास बैरागी पहिलो सूचीमै पर्छन् । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनाली, वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्याय, वनसचिव प्रकाश माथेमा, कृषि विकाससचिव सुरोज पोख्रेल, सिँचाइसचिव रामानन्दप्रसाद यादव पटक–पटक विदेश भ्रमणमा गइरहनेमा पर्छन् । पर्यटन मन्त्रालयबाट मात्रै विभिन्न समूह गरी ३७ कर्मचारी विदेशमा छन् । म्यान्मारमा मात्रै विभिन्न मन्त्रालयका ९२ जना कर्मचारी रहेको स्रोतले जानकारी दिएको छ । स्थानीय तहको निर्वाचनका कारण केही समय कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाइएको थियो । निर्वाचन आचारसंहिता खुलेलगत्तै दर्जनौँ कर्मचारी एकैपटक विदेश उडेका हुन् । १५ जेठदेखि असार मसान्तसम्मको समय विकास निर्माणका कार्य गर्ने र विभिन्न योजना सक्ने समय हो । ‘आर्थिक वर्षको अन्त्यमा विदेश जाने परम्परा बढ्दै जान थालेको छ, यसलाई समयमै नरोक्ने हो भने गम्भीर खालका समस्या आउन सक्छ,’ एक सहसचिवले भने । आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राई आर्थिक वर्षको अन्त्यमा जथाभावी विदेश जाने क्रम बढेको र यसले ठुल्ठूला विकृति निम्ताउन सक्ने बताउँछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो विकृति रोक्नुपर्ने उनले बताए । विदेश जान किन हुन्छ मरिहत्ते ? विभिन्न अध्ययनको बहानामा उच्चपदस्थ सरकारी कर्मचारीहरू विदेश जाने गरेका छन् । तर, उनीहरूको मुख्य उद्देश्य पैसा आर्जन गर्नु नै हो । कर्मचारीहरूले विदेश भ्रमणमा जाँदा दैनिक डेढ सयदेखि तीन सय ५० डलरसम्म भत्ता पाउने गर्छन् । युरोपियन देशहरूमा जाँदा सो रकममा ३३ प्रतिशत थप हुने गरेको छ । एनजिओ–आइएनजिओको खर्चमा जाने कर्मचारीले भने अझै बढी रकम पाउने गरेका छन् । विकृति बढेको महसुस गरेका छौँ : मोहनकृष्ण सापकोटा, सामान्यसचिव सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले असार महिनामा कर्मचारीहरू विदेश जानेक्रम ह्वात्तै बढेको र यसले विभिन्न विकृति ल्याएको गुनासो आफूकहाँ आएको बताए । कतिपय अवस्थामा राष्ट्रको प्रतिनिधित्वका लागि विदेश जानैपर्ने भए पनि जथाभावी जाने क्रमलाई नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ । को–को जाँदै छन् ? डा. युवकध्वज जिसी, पशुपक्षी विकाससचिव रामानन्दप्रसाद यादव, सिँचाइसचिव ङइन्द्रप्रसाद उपाध्याय, वाणिज्यसचिव डा. सुरज पोख्रेल, कृषिसचिव (हाल स्विट्जरल्यान्ड) रामकुमार आचार्य, प्रधानमन्त्री कार्यालयका सचिव (हाल विदेशमा) शंकरप्रसाद कोइराला, उद्योगसचिव (भर्खरै स्वदेश फिर्ता) एकैपल्ट १२ उच्च अधिकारीको विदेश भ्रमण स्वीकृत गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिव तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीसहित १२ जनाको विदेश भ्रमण एकैपल्ट स्वीकृत गरेको थियो । तर, सो निर्णयलाई गोप्य राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । राष्ट्रिय योजना आयोगका केही पदाधिकारी र केही सचिवसहित १२ उच्चपदस्थ कर्मचारीलाई भ्रमणको स्वीकृति दिइएको हो । पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी, सिँचाइसचिव रामानन्दप्रसाद यादव, वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्याय विदेश भ्रमणमा जाने तयारीमा छन् । कृषिसचिव डा. सुरज पोखरेल भने स्विट्जरल्यान्ड उडिसकेका छन् । उनीसँग मन्त्रालयका १० कर्मचारीको समूह छ । उद्योगसचिव शंकरप्रसाद कोइराला भर्खरै विदेशबाट फर्किएका छन् । उनीसँगै मन्त्रालयका केही सहसचिवसमेत विदेश गएका थिए । उद्योग मन्त्रालयका केही सहसचिवलगायतका कर्मचारी हाल विदेशमै छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy