Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अक्षय कोषबाट भागे माओवादी नेता

\"\"काठमाडौं, २७ असार । माओवादी केन्द्रले निर्णय भएको दुई वर्षसम्म पनि केन्द्रीय स्तरमा अक्षय कोष स्थापना गर्न सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा कोष स्थापना गर्ने निर्णय भएको थियो । १० वर्षे\'जनयुद्ध\', जनआन्दोलनलगायत आन्दोलनका सहिद, बेपत्ता परिवारका छोराछोरीको पठनपाठन तथा व्यवस्थापन, घाइते अनि अंगभंग भएकाहरूको उपचारका लागि कोष बनाउने निर्णय केन्द्रीय समितिले गरेको थियो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कोष खडा गर्नका लागि ठोस योजना बनाउन नसक्दा दुई वर्षसम्म निर्णय अलपत्र परेको हो । कोष स्थापनाका लागि अध्यक्ष प्रचण्डले १ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । यद्यपि, उनले पनि कोष स्थापना गरेर रकम भने जम्मा गराइसकेका छैनन् । अन्य नेताले भने कोषका लागि सहयोग राशिको\'टोकन\' नै घोषणा गरेका छैनन् । अध्यक्षदेखि साधारण सदस्यसम्म स्वेच्छिक रूपमा सहयोग संकलन गरी कोष सञ्चालनमा ल्याउने जनाइएको थियो । कोषको शीर्षकमा अहिलेसम्म कुनै रकम जम्मा नभएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।\'नयाँ सदस्य बन्न चाहने र सदस्यता नवीकरण गर्नेहरूबाट स्वेच्छिक रूपमा पैसा जम्मा गरेर कोष निर्माण गर्ने योजना थियो\', केन्द्रीय कार्यालयमा कार्यरत एक नेताले भने,\'तर, अहिलेसम्म केन्द्रीय कार्यालयमा त्यसरी पैसा जम्मा भएको छैन । नेताहरूले गम्भीरतापूर्वक चासो देखाएको पनि देखिँदैन ।\' कोष परिचालनको टीओआर बन्न नसक्दा केन्द्रीय कार्यालयमा रकम जम्मा हुन नआएको स्रोतले जनाएको छ । ती नेताका अनुसार कतिपय जिल्ला तथा मोर्चाको तहमा सदस्यता नवीकरण गर्दा कोषका लागि रकम जम्मा गरिएको छ । तर, त्यसरी जम्मा गरिएको रकम सम्बन्धित कमिटीले केन्द्रमा पठाएका छैनन् । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्दा लिइने रसिदको अधकट्टीमै माओवादीले कोषका लागि छुट्टै रकम स्वेच्छिक रूपमा माग गरेको छ । यसले गर्दा रकम जम्मा भएको हुन सक्ने अनुमान केन्द्रीय कार्यालयले गरेको छ । अहिले सदस्यता नवीकरण अभियान चलिरहेको माओवादीले जनाएको छ । कार्यकर्ता संरक्षण विधि पनि अलपत्र माओवादीले पार्टीका पूर्णकालीन नेता तथा कार्यकर्ताको व्यवस्थापनका लागि केन्द्रदेखि जिल्ला तहसम्मै कार्यकर्ता संरक्षण विधि पनि बनाउने जनाएको थियो । युद्धबाट आएको पार्टी भएकाले अन्यको तुलनामा माओवादीका धेरै नेता तथा कार्यकर्ता पूर्णकालीन छन् । उनीहरूको व्यवस्थापन गर्न नसक्दा नेतृत्व पार्टीभित्रै आलोचित बन्दै आएको थियो । यसलाई पनि माओवादीले व्यवस्थित बनाउन सकेको छैन । केन्द्रीय कार्यालयका सदस्य तथा सहयोगीलाई माओवादीले न्यूनतम भरणपोषणको जिम्मेवारी वहन गर्दै आएको छ । सांसद भएका र सरकारी सेवासुविधा पाइरहेकाबाहेक अन्य कतिपय नेता/कार्यकर्तालाई पार्टीले अझै पाल्दै आएको छ । कतिपय नेतालाई सम्बन्धित प्रदेश, जिल्लाले पनि आआफ्नै सापेक्षतामा भरणपोषणका काममा भरथेग गरिरहेका छन् । तर, देशव्यापी रुपमा त्यस्ता नेता/कार्यकर्ता कति छन् भन्ने तथ्यांक छैन । जेनतेन धानिँदै छ सहिद प्रतिष्ठान माओवादीले सहिद परिवारलाई संगठित गर्ने र उनीहरूको पालनपोषण, शिक्षादीक्षाका लागि सहयोग गर्ने नीतिअनुसार सहिद प्रतिष्ठान सञ्चालन गर्दै आएको छ । अन्य अभियानका तुलनामा यो प्रतिष्ठान भने जसोतसो चलेको देखिएको छ । माओवादीले प्रतिष्ठानका तर्फबाट पाँच जिल्लामा १४ सय विद्यार्थी पढाउँदै आएको छ । राज्यका तर्फबाट करिब १४ करोडसहित माओवादीका सांसदले जनही २ हजारका दरले गरी मासिक १ लाख ६४ हजार रुपैयाँ प्रतिष्ठानमा जम्मा हुँदै आएको छ । दोलखा, पोखरा, डोटी, दाङ र सुनसरीमा विद्यालय सञ्चालनमा छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending