Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती

\"\"काठमाडौं, २७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताएका छन् ।व्यवस्थापिका-संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पारेका हुन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए ।\'राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गरिँदै छ भन्ने कुरा के हो ? \', सांसद सुवालले भने,\'राष्ट्रपतिलाई १६ करोड, प्रधानमन्त्रीलाई १५ करोड र मन्त्रीहरूलाई १४ करोडको गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्रले कसरी धान्न सक्छ ? \' अाजको अन्नपूर्ण पोस्टमा खबर छ– त्यसपछि प्रधानमन्त्रीले त्यत्रो महँगो गाडी खरिद गर्ने प्रस्ताव नै नआएको बताए । यद्यपि, उनले राष्ट्रपतिको सुरक्षा हुने गरी राम्रो गाडी खरिद गर्न लागिएको जानकारी गराए । उनले राष्ट्रपतिको पदीय मर्यादा र सुरक्षामा ध्यान दिनु सरकार र जनताको कर्तव्य पनि रहेको बताए । उनले त्यसअघि विनियोजन विधेयकअन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विविध शीर्षकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । उनले आगामी वर्षको बजेट र सरकारका प्राथमिकताका विषयमा प्रस्टसमेत पारेका थिए । उनले भूकम्पपछिको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएर प्राधिकरणले काम गरिरहेको सुनाउँदै पाँच लाखभन्दा बढी लाभग्राहीको विवरण संकलन भएको, कर छली हुन नदिन सरकार प्रतिबद्ध रहेको, सुशासन प्रवद्र्धन, स्थानीय तहमा बजेट वृद्धि, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन प्राथमिकतामा रहेको बताए । सोमबारै संसद्को दोस्रो बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy