Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

खाद्यान्न रोकेपछि दार्जिलिङमा संकट

\"\"काठमाडौं, २७ असार । बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– गोर्खाल्यान्ड आन्दोलनलाई आतंककारी आन्दोलनको संज्ञा दिँदै बंगाल सरकारले तराईबाट भित्रिने खाद्यान्न रोकेपछि दार्जिलिङमा रहेका भरिया, चिया बगानका मजदुर, ग्रामीण क्षेत्रका विपन्न परिवार भोकभोकै पर्न थालेका हुन् । दार्जिलिङ नगरपालिका-१ की वडा सदस्य तथा गोर्खा जनमुक्ति मोर्चाकी नेत्री निरा शर्माले बंगाल सरकारले पहाडमा मानवीय संकट पैदा गरेको बताइन् । उनले नागरिकको खान पाउने अधिकारको समेत बंगाल सरकारले हनन गरेको आरोप लगाइन् । यसअघि सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले पनि अत्यावश्यक सामग्रीमा रोक लगाउने बंगाल सरकारको कदमको विरोध गरेका थिए । चाम्लिङले मोदी सरकारका गृहमन्त्रीलाई फोन गरी औषधि, बालबालिकाले खाने दुग्ध पाउडर, अन्नजस्ता सामग्री आपूर्ति सहज बनाउन आग्रह गरेका छन् । बंगाल सरकारले गोर्खाल्यान्डमा नाकाबन्दी लगाएपछि सीमावर्ती क्षेत्रका नागरिकले घन्टैाँ हिँडेर इलामको पशुपतिनगर, अन्तु, समाल्बुङबाट चामल खरिद गरेर लैजान थालेको सूर्योदय नगरपालिका-९ का वडा सदस्य जय राईले जानकारी दिए । उनले भारतले दार्जिलिङमा खाद्यान्न संकट सिर्जना गरेपछि दैनिक नेपाल आएर खाद्यान्न किन्नेको संख्या बढेको बताइन् ।भाइलाई औषधि खरिद गर्न निस्केका सोनादाका टाँसी भुटियाको शुक्रबार राति सिआरपीको गोलीबाट मृत्यु भएको थियो । शनिबार सुरक्षाकर्मीको गोलीबाट दुई जनाको मृत्यु भएसँगै आन्दोलनका क्रममा अहिलेसम्म ६ जनाको ज्यान गएको छ । सोमबार दिनभर प्रदर्शन भए पनि सुरक्षाकर्मीले कतै अवरोध नगरेको शर्माले जानकारी दिइन् । शनिबारको झडपमा गोर्खाल्यान्डका पक्षधर सुरज सुन्दास र समीर गुरुङको मृत्यु भएको थियो ।गोर्खाल्यान्ड आन्दोलनका लागि सबै दल मिलेर निर्माण गरेको गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीको केही दिनपछि बस्ने भनिएको बैठक मंगलबार मिरिकमा बस्ने तयारी गरेको शर्माले जानकारी दिइन् । बैठकले अबको आन्दोलनको प्रारूप तय गर्ने बताइएको छ । आमहडतालको २५ दिन पुगे पनि गोर्खाल्यान्डवासीले डटेर प्रदर्शन गरिरहेको मोर्चाकी अर्की नेत्री अनिता बस्नेतले जानकारी दिइन् । मुख्यमन्त्री ममता बेनर्जीले सबै आन्दोलनकारी पक्षलाई वार्ताको टेबलमा आउन आह्वान गरे पनि आन्दोलनरत दलले बेनर्जीसँग वार्ता नगर्ने अडान राखेका छन् । मोर्चाका सहसचिव विनय तामाङले बंगाल सरकारसँग वार्ता गर्ने कुरा सोच्न पनि नसकिने बताए । बेनर्जीले पहाडको अशान्तिमा विदेशी र भाजपाको हात रहेको आरोप लगाएकी छिन् । आन्दोलनरत दलले बेनर्जीलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले सुरक्षाकर्मीको दमनको स्वतन्त्र सिविआई जाँच गर्न माग गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy