Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

ओलीको गृहजिल्लामा एमालेको रामकहानी

\"\"काठमाडौं, २८ असार । झापाका १५ स्थानीय तहमध्ये १२ मा एमालेका संस्थापन र बाँकी तीन तहको प्रमुखमा नेता माधवकुमार नेपालनिकटले टिकट पाएका थिए । जसमध्ये सात तहमा प्रमुख र ११ तहमा एमालेले उपप्रमुख जितेको छ । प्रमुख नजितेको चार तहमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । पार्टी संस्थापननिकट जिल्ला अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष, नेपालनिकट जिल्ला सचिव मदन अधिकारी गौरादहको प्रमुखमा पराजित भए । दुवै स्थानमा उपप्रमुखसहित बहुमत वडा अध्यक्ष एमालेले जितेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– नेता नेपालनिकट मञ्जु सिटौलाले हल्दिबारी गाउँपालिकाको अध्यक्षको टिकट पाएदेखि नै संस्थापननिकट नेता–कार्यकर्ता खुलेआम हराउन लागेको एमाले कार्यकर्ता नै बताउँछन् । झापामा नेपालनिकट जीवन श्रेष्ठले मात्रै भद्रपुर नगरपालिकामा प्रमुख जितेका छन् । बा“की पराजित ६ प्रमुख पदका उम्मेदवार संस्थापननिकट हुन् । कमल गाउँपालिकामा मेनका काफ्ले गोलाप्रथाबाट अध्यक्ष विजयी भइन् । नेपालनिकट नेता बेदुराम भुुसालले प्रदेश नम्बर १ का जिल्लामा सर्वसम्मत भएकाबाहेक प्रदेशमा पठाइएका नामबाट छनोट गरी उठाइएका अधिकांश उम्मेदवार पराजित भएकाले घात–अन्तर्घातको विषय बाहिर आएको बताए । मोरङका १७ स्थानीय तहमध्ये एमालेले पाँच तहमा मात्रै प्रमुख पद जितेको छ । निर्वाचनअगावै टिकट वितरणमा रकम बार्गेनिङ प्रकरण सतहमा आएको, सन्तुलित रूपमा टिकट वितरण नभएको भन्दै मोरङमा पार्टी पराजित हुनुमा संस्थापन पक्ष जिम्मेवार रहेको नेपाल पक्षको आरोप छ । संस्थापन पक्षले भने विराटनगर महानगरपालिकामा मेयरको टिकटका आकांक्षी महेश रेग्मीनिकट नेता–कार्यकर्ताले सक्रिय सहयोग नगरेकाले हार भएको आन्तरिक मूल्यांकन गरेको छ । सुनसरीको इनरुवा नगरलगायतमा अन्तर्घात भएको सचिव भीम आचार्यले नै बताउ“दै आएका छन् । भोजपुर, अछाम, बाजुराजस्ता जिल्लामा पनि यस्तै परिणाम आएपछि अध्यक्ष ओलीले सात दिनभित्र अन्तर्घात गर्नेमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending