Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

ठूला सवारीलार्इ चक्रपथ छिर्न रोक

\"\"काठमाडौं, २८ असार । सवारीजामलाई व्यवस्थापन गर्न सरकारले बुधबारदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ । सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन गर्न नदिने निर्णयसहित बुधबारदेखि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमा लामा, ट्रक तथा टिप्पर व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय यातायात व्यवसायी महासंघ सहितको सरोकारवालाको बैठकले मंगलबार यस्तो निर्णय गरेको छ । निर्णयलाई बुधबारदेखि कार्यान्वयन गरिने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । चक्रपथमै सवारी जामको उच्च समस्या भएकाले कलंकी, नारायणगोपाल चोक, गौशाला, चाबहिल, कोटेश्वर, ग्वार्खो, सातदोबाटोलगायत क्षेत्रमा लामो समय जाम हुँदा यात्रुले दुःख खेप्नुपरेको र समय वर्वाद भएकाले दिनचर्यामै प्रभाव परेको प्रवक्ता पाण्डेको भनाइ छ । चक्रपथभित्र ट्रक, टिप्पर र मिनिट्रक बिहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने व्यवस्था पनि कायमै राखिएको छ । ट्रक तथा टिप्पर व्यवसायी, यातायात व्यवसायीको सहमतिमै गरिएको निर्णय भएकाले कार्यान्वयनमा सहज हुने विश्वाससमेत विभागले लिएको छ । चक्रपथमा करिब ११ लाख सवारीसाधन गुड्दै आएको र यसमा करिव ३० प्रतिशत ट्रक र टिप्पर रहेको विभागको भनाइ छ । विभागको तथ्यांकअनुसार बाग्मती अञ्चलमा मात्र हालसम्म १९ हजार चार सय ४० ट्रक दर्ता भएका छन् भने दुई हजार नौ सय आठ ट्र्याक्टर र पावरटिलर दर्ता भएका छन् । बुधबारदेखि बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा चल्न रोक लगाएकाले सवारी जाममा सुधार हुने विभागको भनाइ छ । अब २९ दशमलव दुई किलोमिटरको चक्रपथमा बिहान कार्यालय समय र बेलुकी कार्यालयबाट फर्कने बेला ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन भए ट्राफिक प्रहरीले कारबाही गर्ने विभागले जानकारी दिएको छ । बुधबारदेखि चक्रपथमा तोकिएको समयमा यी गाडी भित्रिए या सञ्चालन भए ट्राफिक प्रहरीले कारबाही गर्ने जनाएको छ । यता, सवारी जामको मुख्य कारण बनेको लामो दूरी चल्ने बस कोटेश्वर हुँदै कलंकी घुम्ने गरेको पाइएको भन्दै १ साउनदेखि बसपार्कबाटै छुट्नुपर्ने र सिधै कलंकीबाट बाहिरिनुपर्ने निर्णयसमेत भएको छ । उपत्यकाको सवारी जामलाई व्यवस्थापनमा सुधार गर्न पुरानो बसपार्कबाट छुट्ने बस पनि सिधा आफ्नो रुटबाटै जानुपर्ने व्यवस्था सुरु गर्ने तयारी गरेको विभागको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy