Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

ठेकेदारले ज्यान मार्ने धम्की दिएपछि एलडिओ र इन्जिनियरले जिल्ला छाडे

\"\"म्याग्दी । स्थानीय विकास अधिकारी (एलडिओ) प्रेम गिरी र इन्जिनियर रविन महर्जनले जिल्ला छोडेका छन् । ठेकदारले ‘ज्यान मार्ने’ धम्कि दिएपछि उनीहरुले जिल्ला छाडेका हुन् । (डिआरएलपी)का बेनी–अर्थुङ्गे–पाखापानी सडक निर्माणमा संलग्न हिमदुङ्ग एन्ड ठोकर नाना जेभी काठमाडौंका ठेकदार प्रतिनिधि (पेटी ठेकदार) रवी कार्कीले फोन गरी ‘ज्यान मार्ने’ धम्की दिएको भन्दै एलडिओ गिरी र इन्जिनियर मर्हजनले प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलहरु र विभागीय मन्त्रालयका सचिवलाई फोनबाट घटना जानकारी दिएर राति जिल्ला छोड्का हुन् । उक्त कार्यक्रम एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सञ्चालित भएको हो । ठेकदारले समयमा काम नगरेको, भएका काम पनि गुणस्तरीय नभएको भन्दै ठेकदारलाई ४८ लाख ९३ हजार पेनाल्टी लगाई ठेक्का टर्मिनल गर्ने प्रयास गरेपछि ठेकदार कम्पनीका प्रतिनिधिले इन्जिनियर र एलडिओलाई धम्काएका हुन् । जिल्ला समन्वय समिति मातहत रहेको डिर्लिप आयोजनाले बेनी (अर्थुङ्गे(पाखापानी सडकको देउराली(अलवाङसम्मको ६ किमि सडकको स्तर उन्नत गर्न नाली निर्माण, ग्राभेल, ग्याभिन जाली भर्ने, केही आरसिसी ढलान समेत काम गर्न ६ करोड १५ लाखमा ठेक्का लगाएको थियो । यो ठेकदार कम्पनी र यिनै ठेकेदार प्रतिनिधिहरुले अघिल्लो वर्ष पनि यही आयोजनाको बेनी–अथुङ्गेसम्मका तीन किमि सडकमा पनि पेनाल्टी तिरेको थियो । गुणस्तहीन काम एक वर्ष नपुग्दै भत्केका छन् । डिर्लिप आयोजनाको लापरबाही र ठेकेदारहरुको दादागिरीले गर्दा यस वर्ष पनि सदरमुकामको क्याम्पसचोक र मंगलाघाट बजारमा ठूलो बाढीपहिरोको जोखिम बढेको छ । सडक किनारामा कटिङ्गगरी थुपारेको सयौं घनमिटर माटोको थुप्रो समयमै समायोजन नभएपछि वर्षे भेलबाढीले बगाएर बेनीमा झार्ने पक्का छ । एलडिओ र इन्जिनियरले असार मसान्त आउनै लाग्दा जिल्ला छोडेपछि विभिन्न योजनाको अन्तिम बिल, भरपाई फर्स्यौट गर्न र रकम निकासा गर्न समस्या भएको छ । चेकमा दस्तखत गर्ने अधिकारी र योजनाको अनुगमन गर्ने इन्जिनियरले एक्कासी छोडेर हिँडेपछि फर्स्योट हुन बाँकी ४३ वटा योजनाहरुको बिल भरपाईका फाईल टेबुलमा चाङ लागेका छन् । प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार उनीहरुलाई सुरक्षाको निम्ति जिल्ला समन्वय समितिको गेटमा छ जना र कार्यकक्षमा दुईजना प्रहरी राख्दा पनि उनीहरूले जिल्ला छाडेका हुन् । असार मसान्तको समयमा एलडिओहरुले जिल्ला छोड्नु राम्रो नभएको प्रजिअ पाैडेलले बताए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending