Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

निर्वाचन पराजयको समीक्षामा माओवादी, एमालेविरुद्ध कठोर वैचारिक संघर्ष प्रस्ताव

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य तथा प्रदेश १ इन्चार्ज गोपाल किराती निर्वाचन अवधिभर आफ्नै कार्यक्षेत्रमा खटिए । सशस्त्र विद्रोहमा जति नै मेहनत स्थानीय तह निर्वाचनमा गरेको बताउने किरातीको प्रदेशमा पार्टीका लागि सन्तोषजनक नतिजा आएन । आजको राजधानी दैनिकमा खबर छ– निर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि आगामी २ साउनमा बस्ने पार्टी सचिवालय बैठकमा उनले पार्टी सर्वहाराकरण गर्नुपर्ने र एमालेविरुद्ध कठोर वैचारिक संघर्षमा उत्रनुपर्ने माग बोकेर प्रस्तुत हुँदै छन् । ‘जनयुद्धकै जति चुनावमा खटियो तर सोचेजस्तो नतिजा आएन’ उनले भने, ‘अब पार्टी यहीँ तरिकाले चलेर नहुने भयो, संशोधनवाद तथा एमालेविरुद्ध वैचारिक संघर्षमा उत्रनुपर्दछ, पार्टी सर्वहाराकरण गर्नुपर्दछ ।’ अर्का हेडक्वार्टर सदस्य मणि थापा निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनुमा प्रमुख कारण आन्तरिक नै रहेको ठान्छन् । ‘माओवादीले आफ्नो विचार र एजेन्डालाई जनतासम्म पु¥याउनैसकेन,’ उनले भने ‘उज्यालो नेपाल माओवादी नेतृत्व सरकारले ग¥यो । आर्थिक वृद्धिसहित विकासमा थुप्रै काम भए । यस्ता धेरै काम भए पनि जनतासम्म पु¥याउन सकेनौं ।’ पार्टी एकतालाई तल्लो तहसम्म पु¥याउन नसक्नुले पनि असर गरेको उनको भनाइ छ । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र तेस्रो दल भए पनि नतिजा भने सन्तोषजनक नभएको नेताहरूको विश्लेषण छ । चुनावअघि २ सयभन्दा बढी सिट जित्ने दाबी गर्ने माओवादी केन्द्रले दुई चरणको निर्वाचनमा गरेर सय सिटसमेत जित्न सकेन । माओवादी केन्द्रले पहिलो चरणमा ४६ र दोस्रो चरणमा ३८ सिट जितेको छ । पहिलो हुने एमालेले २ सय ७६ र दोस्रो दल बनेको कांग्रेसले २ सय २६ स्थानीय तहमा नेतृत्व जित्दा माओवादी भने सयभन्दा तल पुगेको छ । हेडक्वार्टर सदस्य मातृका यादव संगठन निर्माणमा ध्यान नदिँदा पार्टीले सोचेअनुसार नतिजा नल्याएको बताउँछन् । ‘हामी जसरी यो प्रक्रियामा आयौं, पहिलो निर्वाचन रापतापले जितियो । वैचारिक विवादपछि दोस्रो संविधानसभाको निर्वाचनमा एक घटकले मात्र भाग लियो । पार्टी तेस्रो भयो । खास कुरो पहिलो निर्वाचनमा किन जितियो । र, पछि किन हारियो भनेर त्यतिबेलै राम्ररी समीक्षा भएन, समीक्षा गरेर अघि बढ्न नसक्नु पनि कमजोरी भयो ।’ प्रदेश दुईका इन्चार्जसमेत रहेका यादव जनतामा नगएकै कारण पार्टीले हार बेहोरेको बताउँछन् । ‘पार्टी जनतामा नै गएन । संगठन निर्माणमा ध्यान नै गएन । उनले भने, ‘खेती नलगाउने अनि बाली मात्र काट्न खोजेर हुन्छ र ? मलाई त अपेक्षाभन्दा राम्रो आयो जस्तो पो लाग्छ ।’ माओवादी युवा नेता लेखनाथ न्यौपाने त यो निर्वाचन गाउँपालिका र नगरपालिका सदस्यको प्रयासमा मात्र जितेको ठान्छन् । ‘कतिपय ठाउँमा बुथ कमिटीसमेत भेटिएन, बुथ कमिटी नै नभएका ठाउँहरूबाट के अपेक्षा गर्ने,’ ३ हजार ९ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति सदस्यहरू चुनावमा सक्रिय नभएकोप्रति व्यग्य गर्दै उनले भने, ‘जहाँ जसले जे भने पनि व्यवहारमा गाउँपालिका र नगरपालिकाका हाम्रा उम्मेदवारले मात्र निर्वाचन लडेको देखियो ।’ माओवादीभित्र पार्टी एकता र गुटगत राजनीतिले पनि चुनावमा पराजय भएको चर्चासमेत चुलिएर गएको छ । हेडक्वार्टर सदस्य यादव दुई प्रदेशको निर्वाचनमा एकताबद्ध भएर र यो गुट त्यो गुट नभनी मैदानमा जान सके राम्रो नतिजा आउने बताउँछन् । अर्का हेडक्वार्टर सदस्य थापा पनि पार्टी एकतालाई गाउँ कमिटीसम्म पूर्णता दिन नसक्दा पनि चुनावमा सोचेअनुरूप नजिता नआएको बताउँछन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि थाइल्यान्डमा रहेका छन् । उनी शुक्रबार काठमाडौं आउनेछन् । थाइल्यान्ड प्रस्थान गर्नुअगाडि मंगलबार हेडक्वार्टर बैठक बोलाएर उनले २ साउनको बैठकको एजेन्डा प्रस्तुत गरेका छन् । माओवादी केन्द्रले ७५ वटै जिल्लाका निर्वाचनमा खटिएका फिल्ड कमान्डरलाई समीक्षाका लागि तत्काल काठमाडौं आउन निर्देशनसमेत दिइसकेको छ । हेडक्वार्टर सदस्य अग्नि सापकोटा सचिवालय बैठकमा निर्मम तरिकाले चुनावको समिक्षा हुने र विगतका गल्तीबाट पाठ सिक्दै प्रदेश–२ को निर्वाचनमा होमिने बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy