Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

उपत्यकाका सडकको काम ठप्प, कहाँ–कहाँ रोकिए निर्माण ?

\"\"काठमाडौं । काठमाडौं उपत्यकालाई सफा, स्वच्छ र फराकिलो बनाउने उद्देश्यसहित विस्तार गरिएका अधिकांश सडक आयोजना बीचमै रोकिएका छन् । अदालतको आदेश र घरधनीको अवरोधपछि धेरै सडकका काम अघि बढ्न सकेका छैनन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर तथा सूचना अधिकृत विश्वविजयलाल श्रेष्ठले आठ ठूला सडक विस्तार आयोजनाका काम ठप्प बनेको बताए । अाजको नयाँ पत्रिकामा खबर छ– ‘अहिले अधिकांश सडकको विस्तार कार्य करिब–करिब रोकिन पुगेका छन् । कुनैमा सर्वोच्च अदालतको स्टे अर्डर छ, केहीमा सडक मिचेर घर बनाएका घरधनीलेभत्काउन दिएका छैनन्,’ उनले भने । कहाँ–कहाँका सडक निर्माण रोकिए ? काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार अदालत र घरधनीको अवरोधपछि त्रिपुरेश्वर–कलंकी–नागढुंगा (१२.५ किमि), चाबहिल–जोरपाटी–साँखु (११.५ किमि), ढोलाहिटी–सुनाकोठी–चापागाउँ (७.२ किमि), इमाडोल–सिद्धिपुर–गोदावरी (३ किमि), कर्मनासा खोला–हरिसिद्धि (४ किमि), लगनखेल–सातदोबाटो (०.८ किमि), भैँसेपाटी–नख्खु खोला (३.५ किमि) र जोरपाटी–सुन्दरीजल (७ किमि) सडकखण्डको विस्तार कार्य ठप्प छ । कुन सडकको निर्माण कहाँ पुग्यो ? आयोजनाले चार अर्ब ६७ करोड लागतमा डेढ वर्षअघि आठवटा सडकखण्ड विस्तार कार्य सुरु गरेको थियो । ठेक्का सम्झौताअनुसार अधिकांश सडक आयोजनाको विस्तार ०७४ असोजदेखि पुस मसान्तसम्ममा सकिनुपर्ने हो । तर, कार्यप्रगति ३० प्रतिशत पनि छैन । त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२.५ किमि त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखण्डको ठेक्का सम्झौता ०७२ असारमा भएको हो । सेड्युलअनुसार काम भए सो सडकको निर्माण कार्य ०७४ को कात्तिकसम्म सकिनुपर्ने हो । तर, अहिलेसम्म ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सडकको बजेट एक अर्ब ५३ करोड रुपैयाँ छ । चाबहिल–जोरपाटी–साँखु यो सडकखण्डको ठेक्का सम्झौता ०७२ असोजमा भएको हो । ०७४ माघसम्म सकिनुपर्ने चाबहिल–जोरपाटी–साँखु सडक निर्माण कार्य हालसम्म ३० प्रतिशत सकिएको छ । सो सडकखण्डको बजेट एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ । ढोलाहिटी–सुनाकोठी–चापागाउँ ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडकखण्डमा १० प्रतिशत मात्रै काम भएको छ । ७.२ किमि दूरीको यो सडकखण्ड निर्माणका लागि एक वर्षअघि ठेक्का सम्झौता गरिएको थियो । ५० करोड बजेटको यो सडक निर्माण ०७५ असारमा सक्ने भनिएको छ । तर, सडक मिचेर घर बनाएका घरधनीले निरन्तर अवरोध गरेपछि सडकको सबै काम अहिले अवरुद्ध छ । इमाडोल–सिद्धिपुर–गोदावरी तीन किलोमिटर इमाडोल–सिद्धिपुर–गोदावरी सडकखण्डको ठेक्का सम्झौता ०७३ असारमा भएको हो । २४ महिनाभित्र सक्ने योजनाका साथ निर्माण थालिएको उक्त सडकको काम १५ प्रतिशत मात्रै पूरा भएको छ । सर्वोच्च अदालतमा मुद्दा परेपछि सडक विस्तारको काम अवरुद्ध हुन पुगेको हो । सो सडकखण्डको बजेट २३ करोड ५० लाख छ । कर्मनासा खोला–हरिसिद्धि ललितपुरको कर्मनासा खोला–हरिसिद्धि, लगनखेल–सातदोबाटो र भैँसेपाटी–नख्खुखोला सडकखण्डको ठेक्का सम्झौता पनि ०७३ असारमै भएको हो । काम सुरु भएको वर्ष दिन बितिसक्दा पनि तीनवटै सडकखण्डमा अहिलेसम्म १० प्रतिशत मात्र काम हुन सकेको छ । सर्वोच्च अदालतको स्टे अर्डर र घरधनीको अवरोधपछि ती सडकखण्डमा काम रोकिएको हो । निर्माणाधीन सडकखण्डको बजेट करिब ४० करोड रुपैयाँ छ । जोरपाटी–सुन्दरीजल सात किलोमिटर लामो जोरपाटी–सुन्दरीजल सडकखण्डमा अहिलेसम्म कामै सुरु हुन सकेको छैन । ०७३ असारमा ठेक्का सम्झौता गरिएको सो सडकखण्डमा घरधनीको अवरोध भएपछि विस्तारको काम रोकिएको हो । सो सडकखण्डको बजेट ५५ करोड रुपैयाँ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy