आषाढ़ ३१ गते, २०७४ शनिवार 15th July, 2017 Sat०६:४२:३४ मा प्रकाशित
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ । तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको छ ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई सरुवा गरी कामुसचिवमा महेश्वर न्यौपानेलाई आयोगमा ल्याइएपछि गाडी खरिद प्रक्रिया सुरु गरिएको छ । आयोगले शुक्रबार एक दैनिकमा विज्ञापन प्रकाशन गरी ५ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको छ । प्रत्येक आयुक्तलाई एक करोडसम्मको गाडी खरिदका लागि १९ साउनभित्र आवेदन दिन आयोगले टेन्डर आह्वान गरेको हो ।
‘०६४ सालमा विदेशीले दिएका गाडी आयुक्तहरूले चढ्ने गरेका छौं,\' निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने, ‘गाडी पुराना भएकाले धेरै इन्धन खर्च हुने र जिल्ला भ्रमणमा जान कठिन हुने भएकाले नयाँ गाडी खरिद गर्न लागिएको हो ।\' तर, तत्कालीन आयोग सचिव मैनालीले भारत सरकारले ३७ वटा नयाँ गाडी दिइसकेकाले नयाँ गाडी खरिद गर्न नहुने अडान राखेका थिए । त्यतिबेला गाडीलाई पनि निर्वाचन सामग्रीअन्तर्गत नै राखेर छोटो विधिबाट खरिद प्रक्रिया अवलम्बन गर्न खोजिएपछि मैनालीले आपत्ति जनाएका थिए । ‘आयोगलाई गाडीको आवश्यकता छ, यसलाई ‘इस्सु\' बनाउनुपर्ने कुनै कारण नै थिएन,\' आयुक्त दाहालले भने ।
भारत सरकारले दिएका गाडी स्कोर्पियो, पिक अप भ्यान भएकाले आयुक्तहरूलाई चढ्न सहज नभएको आयुक्त दाहालले तर्क गरे । ‘भारतबाट आएका गाडी हामीले जिल्लामा पठाउँछौं,\' दाहालले भने, ‘प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन पनि गर्नुपर्नेछ । अरू गाडी पनि माग्छौं ।\' तर, पुराना गाडी मर्मत नगर्ने र भारतले दिएका गाडी नचढी नयाँ गाडी खरिद गर्नैपर्ने आयोगका पदाधिकारीको निर्णयलाई ‘आर्थिक लाभ\' सँग पनि जोडेर हेर्न थालिएको छ । आयोगका एक पूर्वकर्मचारीले भने, ‘विदेशीले दिएका गाडी नचढ्ने र आफैं नयाँ गाडी खरिद गर्ने निर्णयको पछि गाडीको सुविधा लिने मात्र नभई आर्थिक लाभ पनि जोडिएको छ । सरकारले यो विषयमा गम्भीर ध्यान दिन जरुरी छ ।\'
आयोगले छिमेकी मुलुकसँग माग गरे निर्वाचनलाई सहयोग गर्ने नाममा जो पनि गाडीलगायत सामग्री दिन तयार हुने गरेको भन्दै ती पूर्वकर्मचारीले भने, ‘आयोगले निर्वाचनका नाममा जति पनि खर्च गर्न पाउँछ भन्दैमा राज्यलाई अनावश्यक दायित्व थोपर्नु राम्रो होइन ।\' आयोगले साउन ३२ मा गाडीको टेन्डर खोल्ने सूचनामा जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: