Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

गिरिजाप्रसादको सन्देश आयो आक्रमण बढाउनुस् : जनयुद्धका कमाण्डर बलदेव

जनयुद्धका बेला नेपाली सेनाको हेलिकप्टर खसालेको र युद्धका बेला नेपाली सेनामाथि आक्रमण बढाउन गिरिजाप्रसाद कोइरालाले पठाएको सन्देश स्मरण गर्दै युद्ध कमाण्डर चन्द्रप्रकाश खनाल बलदेवको यद्ध अनुभव यस्तो छ : जनआन्दोलन दिवसदेखि जनआन्दोलन–२ पनि सुरु भयो । हामी मलंगवा र सुरुंगा आक्रमणपछि तुरुन्तै अर्को आक्रमणको तयारीमा जुट्यौँ । म विराटनगरमाथि आक्रमणका लागि सर्भेमा लागेँ । त्यही वेला बादल कमरेडले एउटा सन्देश सुनाउनुभयो । गिरिजाको सन्देश प्रचण्डमार्फत आएको रहेछ । ‘शाही सेनामाथिको आक्रमण अलि बढाइदिनुपर्‍यो । मलंगवाजस्तै अरू एक–दुईवटा हुनुपर्‍यो’ भन्ने सन्देश गिरिजाको थियो । तत्कालीन शाही सेनामाथि जनसेनाले आक्रमण गर्दै लगे ज्ञानेन्द्र शाह कमजोर हुन्छन् भन्ने उहाँको मूल्यांकन हुनुपर्छ । कारबाहीलाई तेज बनाउनुपर्छ भन्ने सन्देश भएपछि मैले विराटनगर आक्रमणको अन्तिम म्याप तयार पारेँ । तर, जनआन्दोलन अगाडि बढेपछि विराटनगरमाथि हमला स्थगित गरियो । २४ चैत ०६२ बाट जनआन्दोलन सुरु गर्ने समझदारी थियो । त्यो जनआन्दोलनलाई प्रभावकारी बनाउन र शाही सरकारलाई कमजोर साबित गर्न हामीलाई आक्रमणका लागि प्रेसर थियो । हामी आफैँले पनि प्रेसर फिल गरेका थियौँ । हामीले २३ चैतको मध्यरातमा सर्लाही सदरमुकाम मलंगवामाथि हमलाको योजना बनायौँ । त्यही सेरोफेरोमा हाइवेमा राखिएको एम्बुसमार्फत पनि हमला गर्नुपर्छ भन्नेमा थियौँ । मलंगवा भारतीय सीमानजिकै थियो । त्यहाँ पुग्न ठूलो चुनौती थियो । नजिकै अन्तिम सेल्टर लिएर ट्रक, ट्याक्टरमा जानुपथ्र्यो । मधेसका जनताले यसरी सपोर्ट गरे कि हाम्रो टोली सहजै मलंगवालाई घेर्न पुग्यो । राजेशजीको कमान्डमा जनमुक्ति सेनाको फौज त्यहाँ पुग्यो । आक्रमणको योजना बनाउँदा नै सबैभन्दा खतरा हेलिकोप्टर हुने निष्कर्ष थियो । हेलिकोप्टर झार्ने गरी योजना बनाएका थियौँ । त्यसअघिका आक्रमणहरूमा हेलिकोप्टरमाथि गोली लागे पनि झरेको थिएन । हेलिकोप्टर झार्नैपर्छ भन्नेमा थियौँ, जसले तत्कालीन शाही सेनामाथि ठूलो प्रेसर पुग्थ्यो । मलंगवामा हामीलाई हेप्दै हेलिकोप्टर नजिकैसम्म आउनेमा हामी कन्फर्म थियौँ । हेलिकोप्टर झार्न चारवटा हतियारको कम्युनेसन मिलाइएको थियो । ८१ एमएम, जिपिएमजी, एलएमजी र रकेट लन्चरबाट हान्ने योजना थियो । त्यसमा पनि जिपिएमजीलाई मेन कमान्ड बनाउने योजना बन्यो । हेलिकोप्टर हान्नलाई सजिलो होस् भनेर ८१ एमएम पुल सिस्टममा बनाएका थियौँ । त्यसका सेललाई खोलेर हाम्रो अनुकूलको बनाएका थियौँ । म मलंगवामा प्रत्यक्ष फिल्डमा थिइनँ । अलिक बाहिर थिएँ । अन्यत्र पनि साथीहरू एम्बुसका लागि बसिरहेकाले सबैतिर कमान्ड गर्नुपथ्र्यो । राति मेरो सेटलाइट फोनको घन्टी बज्यो । राजेशजीले गर्नुभएको रहेछ । फस्ट फायर खोलिएको र टोली अफेन्सिभ रूपमा मुभ भइरहेको जानकारी गराउनुभयो । अलि बेरपछि राजेशले ‘हेलिकोप्टरले दु:ख दिइरहेको छ । हामी हेलिकोप्टरमाथि आक्रमणको तयारीमा छौँ’ भन्नुभयो । मैले ‘जसरी हुन्छ झार्नुस्’ भनेँ । हेलिकोप्टर नजिकै आएर ‘भेरीलाइट’ बाल्दै हाम्रा साथीहरूमाथि आक्रमण गर्न लागेछ । हाम्रोतर्फबाट चारवटै हतियारबाट एकसाथ हेलीमाथि आक्रमण सुरु भयो । एकछिनपछि ठूलो विस्फोटको आवाज आएछ । हेलिकोप्टरको आवाज आउन छाडेछ । राजेशजीले ‘हेलिकोप्टर कता गयो, आवाज आइरहेको छैन’ भन्नुभयो । मध्यरातमा सैनिकको नाइटभिजन हेलिकोप्टर खसेछ । हाम्रो कुन हतियारबाट खस्यो भन्ने यकिन गर्न सकिएन । त्यो हाम्रो रेन्जभित्रै रहेको खेतमा खस्यो । हेलिकोप्टरमा भएका १० जना मरेछन् । हामीले पहिलोपटक मध्यरातमा सैनिक हेलिकोप्टर खसाल्यौँ । त्यो हाम्रो लडाइँको ठूलो सफलता थियो । हेलिकोप्टर झारियो, तर लक्ष्यअनुसार मलंगवा आक्रमण सफल भएन । हामीले धेरै कब्जा गर्‍यौँ, तर पूर्ण सफल भएनौँ । राजेशजी नेतृत्वको टोली बिहानसम्म मलंगवामा साहसका साथ लडिरहेको थियो । अन्यत्र एम्बुस टोली तयारी अवस्थामा थियो । २४ चैतको बिहान चार–पाँच बजेतिर सुरुंगाको टोलीले राजमार्गमा बिच्छ्याइएको माइन विस्फोट गर्‍यो । एउटा सैनिक ट्रक र एउट भ्यान ध्वस्त भयो । हामीले केही हतियार नियन्त्रणमा लियौँ । त्यसको भोलिपल्ट बिहान सुरुंगामा लडाइँ भयो । बिहान चार–पाँच बजे सुरुंगामा लडाइँ भयो । लडाइँ भीषण भयो । अन्यत्र बिच्छ्याइएको माइन भने विस्फोट गराउन पाइएन । (नयाँ पत्रिका दैनिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: