Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

भारतीय प्रशारकको दबाबमा 'क्लिन फिड नीति' स्थगित

\"\"काठमाडौं । सरकारले नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभजिन प्रशारकको दबावमा भोेलि आइतबारदेखि लागू हुने भनिएको ‘क्लीन फीड नीति’ स्थगित गरेको छ । सरकारको यो निर्णयपछि भोलिदेखि टेलिभिजन सेवा बन्द गर्ने घोषणा गरेका नेपाली टेलिभिजन वितरकहरुले पनि आन्दोलन फिर्ता गरेका छन् । डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले अब क्लीन फीड नीति भन्दा पनि नेपालको ब्यवहारिकता हेरेर सबैलाई लाभ हुने गरी नयाँ नीति लिनुपर्ने बताए । सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै साउन १ गते अर्थात आइतबारदेखि लागू गर्ने भनिएको विज्ञापनरहित नीति २०७३ तत्कालका लागि स्थगित गरिएको जनाएको छ । मन्त्रालयले नीतिका सम्बन्धमा केही कार्यहरुको सम्पादन हुन बाँकी रहेकाले तत्कालका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ । नेपालले क्लीन फीड लगाउने तयारी गरेपछि भारतीय टेलिभिजन वितरकहरुले नेपालका लागि छुट्टै फीड सामग्री उत्पादन गर्न नसकिने बताएका थिए । त्यस्ता कन्टेन्ट उत्पादन गरिएपनि त्यो नेपालका लागि आर्थिक रुपमा सम्भाब्य नहुने भन्दै ईण्डियन ब्रोडकाष्टिङ फेडेरेशनले फिर्ता लिन पटक(पटक अपील गरेको थियो । भारतीय टेलिभिजनले नेपालका लागि छुट्टै फीड नदिने बताएको भन्दै नेपाली केबल ब्यवसायी र डिस होमले आइतबारदेखि सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएको थियो । उनीहरुले नीति फिर्ता नभए आफूहरुले प्रशारण गर्ने ९५ प्रतिशत टेलिभिजन सामग्री गैह्रकानुनी हुने भएकाले रोक्ने घोषणा गरेका थिए । तर, सरकारले आफ्नो अडान छोड्दै क्लीन फीड नीति तत्काल लागू नगर्ने संकेत देखाएको छ । यसबाट विज्ञापन ब्यवसायी भने असन्तुष्ट बनेका छन् । नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विदेशी विज्ञापन रोक्ने नीति फिर्ता लिएपछि सर्वसाधारणले पनि सामाजिक सञ्जालमा तीव्र असन्तुष्टी पोखेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending