Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

राजधानीमै ढलले निल्यो बालिका !

[caption id=\"attachment_142631\" align=\"alignleft\" width=\"750\"]\"\" ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाल दाजु विजय फुयालसँग[/caption] काठमाडौं । ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान् ? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनुपरेको छ। फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनीतालाई गुमाउनुपरेको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनीता सानिमाका छोरो आठ वर्षीय रिदमसँग खेल्दै थिइन्। साँझको ४ बजेको थियो। उनले भनिन्, ‘आमा, हामी एकछिन खेल्छौं है !’ उनका बुबा घरनजिकै रहेको रामजानकी मिठाई पसलमा व्यस्त थिए । ‘सधैंजस्तै दिदी–भाइ खेल्न गए भनेर हामी ढुक्क थियौं तर १०–१५ मिनेटपछि रिदम आएर दिदीलाई ढलले बगायो भन्यो’, केही बेरअघि झरी परेर रोकिएको स्मरण गर्दै झंकनाथले भने, ‘हत्तपत्त पुग्दा केही थाहै भएन, सामुन्ने देखिने चौकीमा प्रहरीलाई फोन गरें, लगत्तै आएन । बगाएको देख्नेहरूले त्यो लेदो भेलमा जाने आँटै गरेनछन्।’ उनका अनुसार विष्णुमतिमा मिसिएको महादेव खोलाले चार–पाँच किलोमिटर पर पुर्‍याएको रहेछ। करिब दुई घन्टापछि विनीतालाई प्रहरीसहित स्थानीयले उद्धार गरेको जानकारी दिँदै उहाँले छाम्दा नाडी चलिरहेको पाएको सुनाए । त्यसलगत्तै पिपुल्स हस्पिटल पुर्‍याएर पानी बान्ता गराएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज रिफर गरिदियो । साँझ करिब ७ बजेतिर शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले विनीतालाई मृत घोषणा गरेका थिए । विनीताका दाजु विजय भने कक्षा ६ मा अध्ययनरत छन् । विनीता तारकेश्वरस्थित मामाघरमा बसेर कक्षा १ सम्म अध्ययन गरी दुई वर्षअघि मात्र बुबाआमासँग नेपालटार आएकी थिइन् । बोर्डिङ स्कुल युरेकाले सरकारी विद्यालय पढेको भन्दै कक्षा १ मै भर्ना लिएकाले अध्ययन ढिलो भएको बुबा झंकनाथको भनाइ छ। प्रहरी नायव निरीक्षक अर्जुन सोठारीको नेतृत्वमा गएको प्रहरी टोली चमति पुलनेर विनिताको उद्धार गरेको थियो। सोठारीले नेपालटारबाट एक किलोमिटरभन्दा बढी बगाएको र जीवितै फेला पारे पनि लेदो पानी खाएकाले बान्ता गराउन कठिन भएको बताए । उनले विनितालाई बगाएको देख्ने छिमेकीले फोन गरेको तर पुग्दा बालाजुको उक्त पुलमुनि रहेको ढलको ठूलो भँगालो भएकाले तुरुन्त उद्धार गर्न कठिन भएको जानकारी दिए । झंकनाथले विकास निर्माणमा हुने चरम लापरवाहीका कारण छोरी गुमाउनुपरेको गुनासो गरे । उनका अनुसार गत वर्ष स्कुटी बगाउँदा चालक युवतीले जेनतेन ज्यान जोगाएकी थिइन्। सोही ठाउँमा पुनः दुई जना पनि परेर मुस्किलले बाँचेका थिए । बालाजुबाट मनमैजु हुँदै नेपालटार जाने सडकको बीच भागमै ठूल्ठूला भ्वाङ छन् । पानी पर्दा उक्त सडक पोखरीजस्तो बन्ने र धमिलो पानी भरिएपछि भ्वाङको पत्तो नहुने हुँदा यात्रुले ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ । ‘नेपालटार तारकेश्वर नगरपालिकाको मुख्य सहर हो, मुटु हो तर यहाँ तीन वर्षदेखि निर्माण प्रक्रिया यसरी नै लापरवाही ढंगमा भइरहेको छ’, उनले भने, ‘म त भन्छु जनप्रतिनिधि जनताका सरकार हुन् भने नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षलाई ज्यान मारेको केशसा मुद्दा हाल्नुपर्छ ।’ सामाखुसीमा पनि सामाखुसीमा शुक्रबार विद्यालयबाट फर्किएर सडकमा हिँड्दै गरेकी एक बालिका पनि ढलमा डुबेर केही बेर गायव भइन्। उक्त घटना यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। ढलले हुत्याएर एकछिनमै बृहष्पति विद्यासदनको कक्षा ९ मा अध्ययनरत सत्या सापकोटालाई केही पर पुर्‍याए पनि पैदलयात्रुले उनलाई उद्धार गरेका थिए । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका बेला सामाखुसी क्षेत्रमा पुग्दा आफू निर्वाचित भए सडक सुधारका लागि तत्कालै काम गर्ने आश्वासन बाँडेका थिए । उनले एक सय दिनमा १०१ काम गर्ने भनी जारी गरेको घोषणापत्रमा पनि सडकका खाल्डाखुल्डी पुर्नेलगायत बुँदा छन्। उहाँले महानगरपालिकाको प्रथम नगरसभामा वार्षिक नीति तथा कार्यक्रम घोषणा गरिरहँदा बालिका सडकमा बगेको पानीमाथि हिँड्दै गर्दा ह्युमपाइपभित्र पसेकी थिइन्। सुशीला मगरले सडकमा पानी जमेको भिडियो खिँच्दै गर्दा ती बालिकाको उक्त घटना कैद भएपछि श्रवण आलेले फेसबुकमा पोस्ट गरेकी थिइन् । तत्काल उद्धार हुन पाएकाले ती बालिकालाई ठूलो चोट र असर भने भएन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy