Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नसच्चिए बोहरालार्इ कारबाही गर्ने थापाको चेतावनी

\"\"काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मतभेद र असन्तुष्टि चुलिएपछि अध्यक्ष कमल थापाले त्यसको सम्पूर्ण दोष पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता दीपक बोहरामाथि थोपर्दै तत्काल नसच्चिए कारबाही गर्ने चेतावनी दिएका छन् ।पार्टीभित्र बढेको द्वन्द्वबारे छलफल गर्न आएका केन्द्रीय सदस्य, सांसद र जिम्मेवार कार्यकर्तासँग थापाले बोहरालाई कारबाहीको चेतावनी दिएका हुन् । पार्टीका एक पदाधिकारीले भने, \'आफूपछि दोस्रो मर्यादामा रहनुभएका उपाध्यक्ष बोहरालार्ई पदबाट निकाल्नेसम्मको तयारीमा थापा हुनुहुन्छ ।\' अाजको अन्नपूर्ण पोस्टमा खबर छ– पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप बोहरामाथि छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणालाई प्रयोग गरी पार्टी फुटाउने षड्यन्त्रको मियो नै बोहरा रहेको आरोप अध्यक्ष थापाले लगाएको जानकारी ती नेताले दिए ।सांसदसमेत रहेका केन्द्रीय समिति सदस्य रेशमबहादुर लामाले पार्टीमा उत्पन्न परिस्थितिको जिम्मेवार अध्यक्ष थापा भएको बताउँदै केन्द्रीय समितिमा मनोनयन गरिएका ४२ जनाबारे पुनर्विचार गर्नुपर्ने बताए । \'४२ जनाको मनोनयनका कारण पार्टी फुट्ने अवस्थामा पुगेको छ । विधानको अधिकार प्रयोग गर्दा पार्टीका वरिष्ठ नेताको परामर्श अनिवार्य हुन्छ ।\' अर्का केन्द्रीय सदस्य एवं सांसद दिनेश श्रेष्ठले एकीकरणदेखि अहिलेसम्म निरन्तर मन्त्री बन्ने दाउमा रहेको चरित्रकै कारण पार्टी विभाजनको संघारमा पुगेको दाबी गरे । हामी निर्वाचित, हामीले निरन्तर मन्त्री पाउनुपर्छ भन्ने चरित्रले वरिष्ठ नेता राणाको मान, मर्यादा र सम्मानसम्मलाई दुरुपयोग गरेको उनले बताए । सांसद एवं केन्द्रीय सदस्य लीलादेवी श्रेष्ठले वरिष्ठ नेता राणाको परामर्शमा केन्द्रीय सदस्य मनोनयन हुनुपर्ने विचार व्यक्त गरे । पञ्चायतकै \'लिगेसी\' अध्यक्ष थापाले गरेको ४२ केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर पार्टीका अधिकांश युवा कार्यकर्ताले राप्रपा अझै पञ्चायतकै लिगेसीमा रहेको भन्दै दुःख व्यक्त गरेका छन् । मनोनीतमध्ये ९२ प्रतिशत पुरुष र पहाडे मात्र रहेको आरोप उनीहरूले लगाएका छन् । संविधानले नै समानुपातिक समावेशितामा जोड दिइरहेको अवस्थामा पञ्चायतको लिगेसी झल्काउने यस्तो काम-कारबाहीले राप्रपा मात्र नभएर स्वयं थापाकै छविलाई हित नगर्ने आवाज पनि चर्को रूपमा उठ्न थालेको छ । अध्यक्ष थापाले अहिलेसम्म ५९ जना मनोनयन गरेकोमा पाँच जना मात्रै महिला छन् । मनोनीत महिलामा गीता बस्नेत, बिन्दा गिरी, जनक कुँवर, पवित्रा सुब्बा श्रेष्ठ र सरस्वती केसी छन् । राप्रपाले महाधिवेशनमा महिलालाई पूर्ण समावेश गर्ने भन्दै ३३ प्रतिशत निर्वाचित सिट आरक्षित मात्र गरेको थिएन, खुलातर्फका सम्पूर्ण पद महिलाका लागि छुट्याएको थियो । अध्यक्ष थापाले विधानविपरीत आठ प्रतिशत मात्र महिला मनोनीत गर्दा पार्टीमा असन्तोष बढेको छ । क्षेत्रगत प्रतिनिधित्वको आधारमा पनि मनोनयन समावेशी र सन्तुलित छैन । मधेसको प्रतिनिधित्व न्यून छ । पहिले मनोनीत १७ जनामा दुई र पछि मनोनीत ४२ जनामा एक जना मात्रै मधेसी परेका छन् ।सार्वजनिक रूपमा जे-जस्तो नीतिगत अवधारणा प्रस्तुत भए पनि दलित समुदायको सम्मानमा समेत थापा असफल हुनुभएको छ । मनोनयनमा परेका ५९ जनामध्ये पतिराम चुनारा एक्लो दलित छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy