Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

काठमाडौं महानगरका मेयरलाई खुला पत्र

\"\"आदरणीय मेयरसाब, नमस्कार ! शुक्रबार (३० असार) राजधानी काठमाडौंमा केही समय अलि ठूलै वर्षा भएको यहाँले पनि सायद थाहा पाउनुभयो होला । वर्षा रोकिएपछि स्कुलबाट घर फर्किन वसुन्धराबाट सुरु भएको जाम छिचोलेर माछापोखरी, बालाजु पुग्न मोटरसाइकलमा झन्डै एक घन्टा लाग्यो । सामान्यतः यो ५ देखि ७ मिनेटमा पार हुने दूरी हो । मुस्किलले घर पुग्दा सामाजिक सञ्जालमा एउटा भिडियो आइरहेको देखियो । जसमा सोही क्षेत्रमा स्कुलबाट घर फर्किंदै गरेकी मैजत्री एउटी सानी साथी सामाखुसीमा रहेको एउटा ढलको ह्युमपाइपभित्र छिरेर बगेको कहालीलाग्दो दृश्य कैद भएको थियो । भिडियो देख्दा एकछिनसम्म त मेरो शरीर थर्र काँपिरह्यो । खुट्टा लुला भए । त्यो ह्युमपाइपमा मै पनि त पर्न सक्ने थिएँ । किनकि, म पनि भर्खरै सोही क्षेत्रको सडकको जाम मुस्किलले छिचोलेर घर पुगेकी थिएँ । हो, बर्खामासमा वर्षालाई कसैले रोक्न सक्दैन । अलि ठूलो वर्षा हुँदा सडकहरू जलमग्न हुन पनि सक्छन् । यस्ता दृश्य हामीले विकसित देशका ठूला र व्यवस्थित सडकहरूमा पनि टेलिभिजन र इन्टरनेटमार्फत देख्ने गरेका छौँ । यसलाई अन्यथा सोच्न सायद हुँदैन पनि । तर, के यसरी त्यस्ता ह्युमपाइप, जसमा पसेर हामीजस्ता बालबालिकाहरू बेपत्ता नै हुन सक्ने अवस्था छ, तिनको मुख राम्ररी बन्द गर्ने, गहिरा खाल्टाखुल्टी पुर्ने र पानीको निकास राम्रो बनाउने काम पनि गर्न सक्नुहुन्न तपाईंहरूले ? धन्न त्यो ह्युमपाइपको मुखनजिकै अर्को स्थानमा पनि खुला रहेछ र ती साथीलाई सकुशल बाहिर निकाल्न सकियो । यदि त्यो ह्युमपाइप केही गरी बीचमै जाम भइदिइएको भए अथवा अलिक लामो दूरीसम्म ह्युमपाइपको मुख खुला नभएको भए ती साथीको अवस्था के हुँदो हो ? अहिले सम्झँदा पनि कहाली लागेर आउँछ । आदरणीय मेयरसाब, तपाईं हाम्रै अभिभावकहरूको मतबाट निर्वाचित हुनुहुन्छ । तपाईंमाथि हामी जनताको ठूलो आशा, भरोसा र विश्वास पनि छ । त्यसैले, तत्काल अब सडकमा जानुहोस् र त्यस्ता एम्बुसरूपी सडकका प्वालहरू थुन्नुहोस् । तिनको मर्मत गर्नुहोस् र त्यस्ता ज्यानमारा ह्युमपाइपको एम्बुसमा पर्नबाट हामीलाई जोगाउनुहोस् । हुन त यो सब तपाईंको कार्यक्षेत्रभित्र पर्ने हो कि होइन, मलाई थाहा भएन । तैपनि, तपाईंमाथिको भरोसाले यो खुला पत्र लेखेकी हुँ । के हामीजस्ता कलिला बालबालिका तपाईंका तत्कालका भोटर होइनौँ भन्दैमा हाम्रो ज्यानको मूल्य नै हुन्न र मेयरसाब ? के हामीले ढुक्क भई स्कुल जान र आउन पाउँदैनौँ र मेयरसाब ? युथिका खनाल, मोक्षदा स्कुल कुमारीगाल, काठमाडौं नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending